इजिप्टको फेस्टिभलमा नेपाली लोकधुन

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिभल’ मा नेपाल पहिलो पटक सहभागी भएको छ । अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा चारजनाको टोली इजिप्ट पुगेको छ ।

टोलीमा सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा र मादलवादक नरेश प्रजापति सहभागी हुनुहुन्छ । महोत्सवमा नेपालसहित मेक्सिको, जोर्डन, अजरबैजान, प्यालेस्टाइन, इन्डोनेसिया र इजिप्टका सात समूह सहभागी छन् ।

‘गार्डेन अफ इजिप्ट’ भनेर चिनिने सांस्कृतिक सहर इस्मालियाको कल्चरल प्यालेसमा इजिप्टका संस्कृतिमन्त्री र इस्मालियाका गभर्नरले भव्य समारोहका बीच महोत्सव उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा सहभागी सबै मुलुकको झन्डा फहराइएको थियो भने स्टेजमा आआफ्नो देशको ब्यानरसहित कलाकारले मार्चपास गरेका थिए ।

उद्घाटन समारोहमा नेपाली कलाकारले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोकधुन प्रस्तुत गर्नुभएको थियो ।  सात दिन चल्ने महोत्सवमा सांस्कृतिक एवं ऐतिहासिक स्थलमा सहभागी मुलुकको प्रस्तुति सहित कार्यक्रम चल्नेछ ।