बिराट म्युजीक एण्ड फिल्म अवार्डमा सुवेदीलाई पुरस्कार

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

कोरोना महामारीका कारण ठप्प भएको नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले अधिराज्य मिडिया नेटवर्कले ‘बिराट म्युजीक एण्ड फिल्म अवार्ड–२०७८’ आयोजना गर्ने भएको छ । त्यसका लागि आयोजक संस्थाले नोमीनेशन फर्म खुल्ला गरिएको जनाएको छ ।

गीतसंगीत तथा फिल्मसम्बन्धी बिभिन्न ४४ बिधामा अवार्ड प्रदान गरिने समारोह कार्तिक २५ गते राजधानीमा आयोजना हुने जानकारी कार्यक्रम संयोजक केवल भुजेलले दिएका छन् । समारोहमा गीतसंगीतका ३० र फिल्मका १४ गरि जम्मा ४४ बिधा छन् । प्रतिस्पर्धात्म तथा जुरी अवार्डका साथै गीतसंगीत तथा चलचित्रका स्रष्टाहरुलाई सम्मान समेत प्रदान गरिने जनाइएको छ ।

सोही समारोहमा लामो समय चलचित्र पत्रकारितामा अनवरत साधनारत चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–२०७७’ को रुपमा नगद राशीसहित पुरस्कृत गरिने आयोजक संस्थाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । चलचित्र पत्रकार संघको पूर्वउपाध्यक्ष समेत रहेका सुवेदी चलचित्र पत्रकारितामा सिद्धहस्त मानिन्छन् ।