११ बर्षपछि फेरी ‘हर्के हल्दार’ देखिदै किशोर र रेश्मा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

हास्य अभिनेता किशोर भण्डारी ‘डिट्ठा साब’ र  अभिनेत्री रेश्मा तिमिल्सिना ‘बुनु मैँचा’ ११ बर्षपछि हास्य श्रृंखला ‘हर्के हल्दार’ मा फर्किनु भएको छ । हर्के हल्दारबाट बाहिरिएपछि उहाहरुले ‘डिट्ठा साब’ श्रृंखलामार्फत दर्शककोम मन जित्नुभएको थियो ।

अहिले आएर उहाहरु कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको यो श्रृंखलामा पुरानै चरित्र र जिम्बेवारी लिएर फर्किनुभएको हो । ७७ भागसम्म हर्के हल्दारमा रहेर बाहिरिनु भएका डिट्ठा र बुनु मैँचा श्रृंखलाको ५ सय २१ भागमा पुनस् समेटिएका छन् । उहाहरुको पुनरागमन भएको श्रृंखला यही आईतबार राति ९ बजेदेखि प्रसारण हुनेछ ।

हर्के हल्दार टिममा विगतमा जस्तो चलखेल, आफ्ना मान्छेलाई मात्र माथि पुर्याउने, कथा र श्रृंखलाको मर्म नै मार्ने, नकारात्मक सोच भएका सदस्यहरु नभएको तथा आफ्नो कला र मेहनतको सहि मुल्याकन हुने पक्का भएपछि पुनस् फर्किएको कलाकार किशोर भण्डारीले बताउनु भएको छ ।  ‘परिस्थिति र स्वार्थीहरुको चलखेलका कारण छोडनु परेको हर्के हल्दारमा फर्किँदा विस्थापित भएर पुनः आफ्नै घरमा फर्किन पाएको झैं खुसी छु, अझै राम्रो काम गरेर देखाउने छु, रेश्माले भन्नुभएको छ ।

हर्के अल्दारका प्रमुख पात्र बिष्णु सापकोटा श्रृंखलाका पुुना सदस्यहरु टिममा भित्राउन पाउँदा हर्के हल्दारको प्रस्तुति अझै उच्च कोटीको हुनेमा विश्वस्त देखिनु भएको छ । हर्के हल्दारमा बाटुली रोशनी सापकोटाको पनि पुनः प्रवेश भएको छ ।

श्रृंखलामा सुरेन्द्र केसी ‘मुला साग’, बिनोद परियार, शुसिला निरौला ‘बिमलीू’, शिबहरी बैरागी, ईन्द्र दोङ ‘खम्बे’, शान्ति बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गिरी आदि कलाकारहरुले अभिनय गरिरहनु भएको छ ।  प्रवेश पोखरेलको छायाङ्कन, सञ्जय लामाको श्रृंङ्गार, राजको सम्पादन, भद्र भुजेलको निर्देशन सहयोगी रहेको हर्के हल्दारको निर्देशन इन्द्र दोङ लामा ‘खम्बे’ को रहेको छ ।