उत्कृष्ट लोकेसनमा बनेको अनमोलको ‘ड्रिम्स’को ट्रेलर बाहिरीयो (भिडियो)

...

anmol kc's new movie dreamsपुस २७, काठमाडौं । नायक भुवन केसीले पहिलो पटक निर्देशन गरेको फिल्म ‘ड्रिम्स’को ट्रेलर बाहिरीएको छ । ड्रिम्समा भुवनका कुरा अनमोल केसी मुख्य भुमिकामा छन् । फिल्मको लोकेसन र छायांकन उत्कृष्ट देख्न सकिन्छ ।

नेपाली फिल्मी क्षेत्रमा लामो इतिहास बनेका भुवनले निर्देशन गरेको यो पहिलो फिल्म हो । साथै भुवनले आफुले निर्देशन गरेको यस फिल्ममा आफ्नै छोरा अनमोललाई नायक बनाएका छन् । यस भन्दा अघिका अनमोलका फिल्महरु चर्चित छन् त्यसकारणले पनि यस फिल्म युवापुस्ता माझ चल्ने निर्माण पक्ष ढुक्क बनेको देखिन्छ ।

फिल्म आउँदो फागुन २१ गतेबाट प्रर्दशनमा आउँदैछ।