सुनिल र मेलिनाको गीतमा पल–पुष्पसँग रुबिसा–एलिसाको जोडी

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक सुनिल कटुवाल र गायिका मेलिना राईको स्वरमा सार्वजनिक नयाँ गीत ‘डाँडै काटौंला’मा नायकद्धय पल शाह र पुष्प खड्कासँग विश्व किर्तिमानी कायम गर्नुभएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठको जोडी बाधिएको छ । रुबिसा र एलिसाले एउटै स्टेजमा ४१ घण्टा ५ मिनेट युगल नृत्य गरेर विश्व किर्तिमानी राख्नुभएको थियो ।

भिडियोमा पुष्पको जोडीको रुपमा रुबिशालाई देख्न सकिन्छ भने एलिसाको जोडीको रुपमा पल रहनुभएको छ । दुई जोडीको प्रेमलाई परिवारले अस्विकार गर्दाको कुराहरु गीतमा समावेश गरिएको छ । गीतमा शब्द दिनेशराज पुरीले रचना गर्नुभएको हो भने संगीत अर्जुन पोखरेलको छ ।

यसअघि पनि आधा दर्जन बढी हिट गीत दिइसक्नुभएका गायक सुनिलले यसपटक पनि यसगीतबाट दर्शकको माया पाउनेमा विश्वास ब्यक्त गर्नुभयो । केन्द्र मोसन पिक्चर्सको युट्युवबाट शनिबार सार्वजनिक भिडियोले झण्डै तीनलाखको आसपासमा भ्युज पाइसकेको छ । गायक सुनिलले सकारात्मक प्रतिक्रिया आएकोमा खुसी ब्यक्त गर्नुभयो । भिडियो गम्भिर बिष्टले निर्देशन गर्नुभएको हो ।