हिमाल सागर र समिक्षाको स्वरमा ‘मायाले मायाले’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

लोकप्रिय गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मायाले मायाले’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको क्युज सिनेमामा एक कार्यक्रमका बिच सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द र लगानी दीपक प्रसाद वलीको रहेको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा भिडियोमा अभिनय गर्नुभएका दुई कलाकार पुजा शर्मा र जितु नेपालको पनि उपस्थिती रहेको थियो । यस्तै अर्का कलाकार पल शाह र गायिका समिक्षा अधिकारी भने अनुपस्थित हुनुहुन्थ्यो । गीतबारे बोल्दै गायक हिमालले निकै मिहिनत गर्ने टिमसँग आफूले काम गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । यस्तै भिडियोका निर्देशक बिधान कार्कीले पनि नेपाली गीतसंगीतका निकै चर्चित ब्यक्तिहरुसँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको र सबैको मिहिनतले भिडियो पनि राम्रो बनेको बताउनुभयो ।

कार्यक्रममा नायिका पुजा शर्माले आफूलाई गीतका लागी अफर गरिदिएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । यस्तै गीतका निर्माता तथा गीतकार दीपक प्रसाद वलीलाई बिशेष धन्यवाद दिनुभयो । गीतकार वली एनआरएनए इजरायलका पुर्व अध्यक्ष पनि हुनुहुन्छ । उहाँले यस अघि पनि गीत लेखिसक्नुभएको छ ।

Video: