जम्काभेटको उद्घाटनमा वरिष्ठ कलाकारहरु

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली कला क्षेत्रका अधिकांश कलाकारहरुको जमघट भइरहने थलो अनामनगरमा सञ्चालनमा आएको ‘जम्काभेट’ रेस्टुरेन्टको उद्घाटनमा वरिष्ठ कलाकारहरुको उपस्थिती देखियो । सोमबार दिउँसो चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल सहित आधादर्जन बढी कलाकारहरु रेस्टुरेन्ट उद्घाटन गर्न पुग्नुभएको थियो ।

रिबन काट्दै चलचित्र बिकाश बोर्डका अध्यक्ष दाहालले पारिवारीक रेस्टुरेन्ट रहेको भन्दै केहिबेर अवलोकन गर्नुभयो । यस्तै उहाले ‘जम्काभेट’का सञ्चालक मध्येका एक सन्तोष तिमल्सिनालाई शुभकामनासँगै बधाई दिनुभयो । उद्घाटन समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, वरिष्ठ कलाकारहरु मोहन निरौला, कृष्ण मल्ल, चलचित्र वितरक गोपाल कायस्थ, चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, लोकगायक कृष्ण रेउले लगायतको उपस्थिती थियो ।

चलचित्र कलाकार संघका अध्यक्ष खड्काले अनामनगर कलाकारहरुको भेटघाट भइरहने स्थान भएकाले पनि जम्काभेट उपयुक्त ठाउँ हुने बताउनु भयो । एक करोड माथिको लगानीरहेको उक्त रेस्टुरेन्टका सञ्चालक सन्तोष तिमल्सिना यसअघि बाजेको सेकुवामा म्यानेजरको रुपमा रहनुभएको थियो ।