प्रहरीले झापड हानेको सुशान्तको भनाई

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

भारतीय टिभी रियालिटी सो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ बाट चर्चा कमाउनु भएका डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले बिनाकारण झापड हानेको बताउनु भएको छ ।

सुशान्तले फेबसुक र इन्स्टाग्राममार्फत आइतबार राति ह्यालोविन पार्टीमा सहभागी भएको बेला प्रहरीले दुब्र्यवहार भएको बताउनु भएको हो । शुशान्तका अनुसार हिजो राति एलओडी र त्यसपछि सेनेटमा पुग्नुभएको थियो । साथीहरुसँग रमाइलो गरिरहेका उहा अबेरसम्म बसे । प्रहरीले क्लब बन्द गराउन लाग्दा उहाले आफूले प्रहरीसमक्ष बिल तिरेर निस्कने आग्रह गरेको बताउनु भएको छ ।

‘तर त्यहाँनिर मिसअन्डरस्ट्यान्डिङ के भयो भने एउटा भाइले उहाँको बिल भइसक्यो भने । तर अर्को भाइसँग मेरो बिल बाँकी थियो । अनि त्यसपछि पुलिसले मेरो काँधमा समातेर घिसारेर बाहिर लानुभयो ।’

उहले साथीहरु र सिसिटिभी फुटेज प्रमाणका रुपमा रहेको दाबी गर्दै भन्नुभएको छ, ‘पुलिसले यस्तरी समात्नुभयो मलाई हातमा पीडा भइरहेको थियो । त्यसपछि गालामा एक झापड हान्नु भयो । यसरी हान्नुभयो कि त्यस्तो झापड मैले जीवनमा कहिल्यै खाएको थिइनँ। कसैको अधिकार छैन यहाँ मलाई झापड हान्न ।’

उहाले आफूलाई प्रहरीले ज्याकेट र मास्कसमेत लगाउन नदिई हाफ सर्टमै सोह्रखुट्टे प्रहरी चौकी लगेर एक घन्टा थुनेको बताउनु भयो । देशका लागि मेहनत गरेर काम गरेको तर आज यस्तो दुर्व्यहार भोग्नुपर्दा चित्त दुखेको भन्दै भिडियोमा लाइभ आउनु भएका उहाले आसुसमेत झार्नुभएको छ ।