खुमन र अभिषेकलाई स्टार इन्टरनेशनल अवार्ड प्रदान

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका लोकप्रिय गायक खुमन अधिकारीले 'पपुलर सिंगर अफ द इयर'को अवार्ड पाउनु भएको छ । मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा लोकगीत 'टोपी किनेको' गीतबाट पपुलर गायकको अवार्ड प्राप्त गर्नुभएको हो ।

बिशेष गीत लोक दोहोरीको क्षेत्रमा सयौं गीत सुपरहिट दिइसक्नुभएका खुमनले यसअघि पनि थुप्रै अवार्ड हात पार्नुभएको छ । जतिपनि अवार्ड तथा सम्मान पाउँदै गर्दा उत्तिकै महत्व लाग्ने र काममा थप उर्जा पैदा गर्ने खुमनको भनाई छ । टोपि किनेको गीत आठ महिना अघि सार्वजनिक भएको गीत हो । जसमा खुमनसँगै रबिन लामिछाने, कल्पना दाहाल र रबिना बस्यालको स्वर रहेको छ ।

अभिषेक बेष्ट मोडल

यस्तै मोडल अभिषेकलाई बेष्ट मोडलको अवार्ड प्रदान गरिएको छ । उहाँलाई कलकते काइयो गीतबाट बेष्ट मोडलको अवार्ड प्रदान गरिएको हो । अभिषेकले अवार्ड लिँदै आयोजक टिमसँगै जुरी टिमलाई धन्यवाद ब्यक्त गर्नुभयो ।