अनाथ बालबालिकासँग मनाए गायक कबिन्द्रले जन्मदिन

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

‘डाँडैमा मेला लागेछ, तिम्रो मेरो मायाको आधार, रिमझिम रिमझिम’ लगायतका हिट गीतका गायक कबिन्द्र श्रेष्ठले जन्मदिन मनाएका छन् । मंगलबार बुढानिलकण्ठस्थित निवासमै नेवारी संस्कृति अनुसारको पुजासँगै मन्दिरको दर्शनपछि अनाथबालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन् । गायक कबिन्द्रले जन्मदिनको अवसर पारेर मुलपानीस्थित स्नेहा आश्रममा आर्थिक सहयोग पनि गरे ।

गायक कबिन्द्रले जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद ब्यक्त गरे । साथै प्रत्येक बर्षका जन्मदिनमा बिभिन्न अशक्त तथा अनाथहरुलाई सहयोग गर्दै आएको र यसपटक पनि सहयोग गरेको जानकारी गराए । गायक कबिन्द्र भन्छन, ‘मैले जन्मदिनमा मात्रै होइन अन्य बेला पनि बिभिन्न ठाउँमा सहयोग गर्ने गरेको छु , यसपटक स्नेहा आश्रममा सानो आर्थिक सहयोग गरेको हुँ । फेरी–फेरी सहयोग पनि गर्नेछु ।’

बिशेषगरी सामाजिक कार्य गर्न रुचाउने कबिन्द्रले कलाकार सुलेमान शंकर (ईकु)ले सञ्चालन गरिरहनुभएको स्नेहा आश्रममा पुगी ३० हजार रुपैंया आर्थिक सहयोग गरेका थिए । ‘मैले ईकु भाईलाई पहिल्यै देखि चिन्थेँ । बिभिन्न कार्यक्रममा जाँदा भेट हुन्थ्यो र कुरा हुँदा आश्रम सञ्चालन गरेको थाहा पाउँदा निकै खुसी लाग्यो । एक कलाकार भएर यति राम्रो काम गर्नुभएको भन्ने थाहा पाएपछि एकदिन पुग्छु भन्ने थियो । अहिले जन्मदिनको अवसरमा आउने मौका पाएँ ।’ कबिन्द्रले अघि भन्छन्, ‘अहिले एकमहिनाका लागी खर्च पुग्ने गरी मात्र सानो आर्थिक सहयोग गरेको हुँ । भोलीको दिनमा मेरो सहयोग रहनेछ । मैले बिभिन्न संघसंस्थालाई पनि आह्वान गर्नेछु ।’

बि.स. २०४९ सालमा पहिलो एल्बम सार्वजनिक गरेर सांगितीक क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका गायक कबिन्द्रले बिचका केहिबर्ष गीतसंगीतमा ब्रेक लिएको भएपछि पछिल्लो समय सक्रिए देखिन्छन् ।  भर्खर केहि दिन अघिमात्रै उनको तिहार बिशेष गीत सार्वजनिक भएको थियो ।