‘रमरम मरौटी’को करोड भ्युज सेलिब्रेशन

गोपिकृष्ण चापागाईं, मंसिर, काठमाडौँ ।

डेढ महिना अघि सार्वजनिक नेपाली लोक तथा दोहोरी गीत ‘रमरम मरौटी’लाई युट्युवमा करोड भन्दा बढी पटक हेरिएको उपलक्ष्यमा यसगीतको निर्माण टिमले केक काटेर सेलिब्रेशन गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै गीतको टिमले केक काटेर अडियो तथा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरेको थियो । साथै केहि सञ्चारकर्मिहरुलाई पनि मायाको चिनोसँग सम्मान पत्र प्रदान गरिएको थियो । ५० दिन अघि ओबि रायमाझि युट्युव च्यानलबाट अपलोड गरिएको यस गीत एक महिनामै करोड पटक हेरिएको थियो भने अहिले यस समाचार तयार पार्दासम्म १ करोड २५ लाख पटक हेरिएको छ ।

कार्यक्रममा यस गीतका गायक तथा संगीतकार खेम सेन्चुरीले छोटो समयमै ‘रमरम मरौटी’लाई दिएको ठुलो साथप्रति सम्पुर्ण दर्शक तथा स्रोतालाई धन्यवाद ब्यक्त गर्नुभयो । ‘दर्शक तथा स्रोतालाई पनि बिशेष धन्यवाद दिनैपर्छ । हामीले बनाएका हरेक गीतलाई उत्तिकै माया गरिरहनुभएको छ ।’ खेमले भन्नुभयो । ‘अर्को कुरा यो गीतमा अडियो देखि भिडियोमा पर्दा अगाडी र पछाडी धेरैले महत्वपुर्ण भूमिका निभाउनु भएको छ । उहाँहरुलाई पनि बिशेष सम्झिउको छु ।’ गायिका अस्मिता अधिकारीले पनि राम्रो गीत गाउन दिएकोमा खेमसँगै टिमलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

गीतका मोडल तथा गीत बनाउनका लागी माहोल बनाउनु हुने ओबि राएमाझिले पनि आफूले काम गरेको गीतलाई दिएको मायाले आफू निकै खुसी भएको र भोलीको दिनमा अझ राम्रो काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भिडियोकी कलाकार पुजा शर्माले लोक तथा दोहोरी गीतमा काम गर्दा निकै आनन्द आउने र नेपाली संगीतको स्रोतनै लोकगीत भएको जनाउनु भएको थियो । ‘कतिपयले मलाई अझै पनि सोध्नुहुन्छ, किन दोहोरीमा काम गरेको, किन यस्तो गीतहरुमा काम गछौं भन्नुहुन्छ, नेपाली गीतसंगीतको इतिहास हेर्नेहो भने लोकगीतबाटै सुरु भएको हो । त्यसैले मैले लोक तथा दोहोरी गीतलाई सधैं माया गर्छु ।’ पुजाले भन्नुभयो । ‘म लोकगीत सुनेरै हुर्किएकी हुँ त्यसैले लोकगीतमा काम गर्न पाउँदा सधैं खुसी हुन्छु ।’ पुजाले सुरुमा गीतमा प्रयोग भएका मरौटी र करौटीको अर्थ नबुझेको र पछि कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले बुझाएपछि सुन्दा झनै आनन्द लागेको बताउनुभयो । कार्यक्रममा एरेन्जर श्याश्वेत रसाइलीले पनि आफ्ना भनाई राख्नुभएको थियो ।

युट्युवमा करोड भ्युज पुगेपछि आम्दानी भने सार्वजनिक गरिएको थिएन । गीत अपलोड गरिएको उक्त युट्युव च्यानलका सञ्चालक ओबि रायमाझिले गीतले लगानी उठाएको र केहि मुनाफा भएको तर निकै धेरे आम्दानी भने करोड भ्युज पुग्दैमा नहुने बताउनु भयो । जापानमा रहनुभएकी प्रिन्सेस खरेलको लगानी रहेको यस गीतमा नेत्र अर्यालको शब्द रहेको छ ।