आफ्नै मिहिनतले सफलता कमाएकी सन्चिता

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

नेपाली म्युजीक भिडियोको क्षेत्रमा दुईसय बढी भिडियोमा काम गरिसक्नुभएकी सन्चिता शाहीलाई लागेको थिएन यतिका दर्शकको मनमा बस्न सक्छु भन्ने । आजभन्दा झण्डै पाँचबर्ष अघि पहिलोपटक आधुनिक गीत ‘भिक्षा’बाट अभिनय यात्रा सुरु गर्नुभएकी सन्चितालाई त्यो समयमा लागेको थिएनकी लाखौं दर्शकको माया पाउँछु ।

काम गर्दैगर्दा एकदिन सबैदर्शकको मनमा बस्छु भन्ने सपना बोकेर अगाढी बढेको सन्चिता सुनाउनु हुन्छ । उहाँ आज त्यो सपना पुरा भएको देख्दा खुसी हुनुहुन्छ । सानैदेखी चञ्चले सन्चिता गीतसंगीत, भिडियो, नाँचगान भनेपछि हुरुक्कै हुनुहुन्थ्यो रे । दैलेखको काँसीकाँध ५ मा जन्मिनुभएकी सन्चिता आफू आठबर्षको उमेरदेखी नै गाउँघरमा हुने साना कार्यक्रममा नाँच्न पुग्नुहुन्थ्यो । सानैदेखी नयाँ कुरा सिकिहाल्नुपर्ने, जिज्ञासु स्वभाव भएकालेनै आज सन्चिताको नेपाली म्युजीक भिडियोको क्षेत्रमा छुट्टै पहिचान छ । पछिल्लो समय संख्यात्मक हिसाबले धेरै बनाउनका लागी सन्चिताले भिडियोमा काम गर्ने भन्दा पनि गुणस्तरिय भिडियोमा काम गर्ने गरेको बताउनुहुन्छ ।

‘अफर धेरै आउँछन् तर कतिपय निर्माण गर्ने टिमले लापरवाही गरेको पाइन्छ । केहि भिडियोमा त्यस्तो गरेको पनि पाएकी छु । गीतको अडियो राम्रो हुँदा हुँदै भिडियो राम्रो भएन भने दर्शकको मनमा नबस्न सक्छ । त्यसैले आजभोली भिडियो गर्न केहि कम र गुणस्तरमा ध्यान दिन खोजेको हो ।’ सन्चिताले भन्नुभयो । ‘त्यसो भनिरहँदा अधिकांश निर्माण कम्पनीहरु भने भिडियो मेकिङमा धेरै मिहिनत गर्नुहुन्छ ।’

सन्चितालाई झण्डै पाँचबर्ष अगाडी सार्वजनिक बिष्णु माझि र मौसम गुरुङको स्वरमा रहेको ‘अन्धोपन’ बोलको गीतले दर्शकमाझ थप चिनाउन मद्धत ग¥यो । त्यसपछि उहाँलाई भिडियोमा अफर निकै आउन थाले र ब्यस्तता पनि निकै बढ्यो । त्यसपछि सन्चितालाई पछाडी फर्केर कहिल्यै हेर्नुपरेन । ‘चेली, औंठी सुनैको, आमा, भयौ परदेशी, अन्तिम भेट’ बोलका गीतहरु पनि हिट भए । त्यसपछि पनि सन्चिताको ब्यस्तता झनै बढ्यो । आजसम्मको यात्रामा सन्चिताले नेपाली कला क्षेत्रमा कहलिएका सबैजसो पुरुष मोडलसँग काम गरिसक्नुभएको छ । नेपाली म्युजीक भिडियो क्षेत्रका स्टारहरु पुष्प खड्का, शंकर बिसी, दुर्गेश थापा लगायतका मोडलहरुसँग सन्चिताले अभिनय गरिसक्नुभएको छ । कामगर्ने क्रममा सन्चिताको बोल्ने शैली, मिलनसार बानी, सहयोगी भावनाका कारण पनि धेरैले तारिफ गरेको पाइन्छ । प्राय कलाकारहरु काम गर्दै जानेक्रममा बिभिन्न विवादमा पर्छन् तर उहाँ अहिलेसम्म कुनैपनि नकारात्मक विवादमा पर्नुभएको छैन ।

‘हाम्रो इन्डस्ट्रि कतिनै ठुलो छ र, मिलेर यहि इन्डस्ट्रिलाई अन्तिर्राष्ट्रिय स्तरसम्म कसरी फैलाउने भनेर सोच्नुपर्छ कलाकार—कलाकार बिच मनमुटाव गर्ने, अर्काको प्रगतिमा इर्सा गर्ने बानी गरेको मन पर्दैन ।’ सन्चिताले भन्नुभयो । ‘मलाई नयाँलाई सहयोग गरौं, ठुलाबाट सिकौं भन्नै लाग्छ ।’ सन्चिताले अहिलेसम्म म्युजीक भिडियोको क्षेत्रमा कहलिएका निर्देशकहरु सबैसँग काम गरिसक्नुभएको छ । शंकर बिसी, शिब बि.क., काजिस श्रेष्ठ, क्रान्ति केसी लगायतका चर्चित भिडियो निर्देशकहरुले सन्चितालाई एक्सन कट गरिसक्नुभएको छ ।

अन्य कलाकार भन्दा सन्चिताको नेपाली म्युजीक भिडियोको क्षेत्रमा फरक पहिचान छ । अभिनयमा निखारता, मिठो बोली, मिलनसार बानीका कारण नै नेपाली म्युजीक भिडियोको क्षेत्रमा उहाँको नाम अगाडी आउँछ । उहाँलाई ‘डान्सिङ’ भन्दा बढी ‘सेन्टिमेन्टल’ गीतमा बढी अफर आउने गर्छन् । सन्चिताले अघि भन्नुहुन्छ, ‘सुरुदेखी नै मैले काम गरेको भिडियोहरुमध्ये सेन्टिमेन्टल गीतहरु बाट रेस्पोन्स राम्रो आएकोले होला धेरैले सेन्टिमेन्टल गीतबाटै अफर गर्नुहुन्छ । दर्शकबाट सेन्टिमेन्टल गीतमै राम्रो रेस्पोन्स आउँछ ।’

बर्षभरी काम गरेको आधारमा बिभिन्न संघ संस्थाले कामको मुल्यांकन गर्दै दिने अवार्डहरुमा पनि सन्चिताको नाम समय–समयमा आउँछ । एपिक नेपाल म्युजीक अवार्डमा सन्चिताले सर्वोत्कृष्ट महिला मोडलको अवार्ड जित्नुभएको थियो । यस्तै पावर न्यूज म्युजीक अवार्ड, साधना म्युजीक अवार्ड र केहि साता अघिमात्रै सम्पन्न स्टार इन्टरनेशनल अवार्ड प्राप्त गर्नुभयो ।

काम गर्दैजाने क्रममा नृत्यका लागी देशका बिभिन्न जिल्लामा सन्चिता पुगेको अनुभव छ । उहाँले चलचित्रमा पनि अभिनय गर्नुभएको छ । ‘प्रेम’, ‘बाणी’ र ‘कैदी’ चलचित्रमा काम गर्नुभएपनि कोरोना कहरका कारण यी चलचित्र प्रदर्शनमा आउन सकेका छैनन् ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)