र्‍यापर राजा कुमारीले काठमाडौंमा कन्सर्ट गर्ने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

चर्चित र्‍यापर राजा कुमारी नेपाल आउने भएकी छिन् । उनी यहि मंसिर १८ गते काठमाडौँको फरेनहाइट क्लबमा हुने कन्सर्टमा आउने भएकी हुन् । राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउने बताइएको छ ।

उनले बलिउड चलचित्र ‘गल्ली ब्वाय’मा केमियो भूमिका पनि निर्वाह गरेकी थिइन् । क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरूले प्रस्तुति दिइसकेका छन् ।

विश्व संगीतका चर्चित नामहरू गिवेन स्टेफानी, फिफ्थ हार्मोन लगायत सँग राजा कुमारीले सहकार्य गरी सकेकी छिन् । उनको कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठका अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागेको जानकारी गराएका हुन् ।