‘कठपुतली’ पुस १५ बाट प्रदर्शनमा आउने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नयाँ नेपाली चलचित्र  ‘कठपुतली’ ले पनि प्रदर्शन मिति तोकेको छ । अंग्रेजी नयाँ बर्ष (२०२२) को अवसर पारेर आउँदो पुस १५ गते (डिसेम्बर ३०) मा चलचित्रको प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । तमु ल्होसारको सार्वजनिक विदा भएकाले चलचित्र बिहीवारबाटै प्रदर्शनमा आउनेछ । सार्वजनिक विदामा चलचित्र प्रदर्शन गर्न पाइने व्यवस्था छ । यसैले निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदालाई मध्यनजर गर्दै चलचित्र प्रदर्शन गर्न लागेको हो ।

चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको ‘कठपुतली’को कथा सम्पदा मल्लले लेखेका हुन् भने चलचित्र निर्देशक भिमसेन लामा हुन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन् ।