राशी राजेशको ‘परानी’ गीत सार्वजनिक, छोटो समयमै लाखौंको माया

आर्टिष्ट खबर/ मंसिर, काठमाडौ ।

मोफसलमै रहेर आफ्नो छुट्टै पहिचान बनाएकी गायिका राशि रिजाल र गायक राजेश भण्डारीको नयाँ गीत 'परानी' सार्वजनिक गरिएको छ । केशव पौडेलको शब्द रहेको गीतमा राजेश आफैले संगीत दिएका छन् भने एम थापाले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा कलाकार शिशिर पौडेल र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ । शभ्भु चालिसले खिचेको भिडियो राजेश कुमारले सम्पादन गरेका हुन् । भिडियोमा निर्देशन तथा कोरियोग्राफि चित्र मास्की मगरको रहेको छ ।

गायिका राशिले यसअघि पनि थुप्रै गीत गाइसकेकी छिन् । तर यसपटकको यस परानी गीतबाट निकै आशावादी रहेको बताउँछिन् । उनी भन्छिन्, मैले यसअघि गाएका गीत मध्ये यसबाट बढी आशावादी किन छु भने टिम पनि फरक र अग्रज हुनुहुन्छ । साथै आफैले निकै मन परेको गीत पनि हो । गायिका राशिको यस गीतलाई त्रिवेणी इन्टरटेन्मेन्ट युट्युवबाट अपलोड गरिएको छ । अपलोड गरिएको एकदिनमै १ लाख बढी भ्युज पाएको देखिन्छ । भिडियोमा आएका सबै प्रतिक्रिया सकारात्मक छन् ।

Video: