पुस २९, काठमाडौं । नेपाली कला तथा संगितकर्मिहरुको संगठन ‘राष्ट्रिय संगितकर्मि संघ’लाई महाधिवेशन लागेको छ । बिगत लामो समयय देखि नेपाली कला क्षेत्रका कलाकारहरुको हकहितको काम गर्दै आएको यस संस्थाको यस आउँदो माघ १ र २ गते महाधिवेशन हुँदै छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा संघमा आवद्ध कलाकारहरुमा भने उम्मेदवारी दिनमा होडबाजी नै चलेको छ ।
अध्यक्ष पदका लागी राजेन्द्र कुमार कार्की, नवराज घोराशैनी र घमेश दुलालले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षका लागी भने प्रकाश कटुवाल, लोकनाथ सापकोटा, श्याम धिताल, अमृत खाती र उमा श्रेष्ठको उम्मेदवारी परेको छ ।
साथै महासचिवको पदमा बिरही कार्की र अमृत खातीले उम्मेदवारी दिएका छने भने सचिवका लागी धन कुमारी थापा, सरोज लामिछाने, गोबिन्द दुलाल, उद्धव घिमिरे र राम कुमार कार्कीको उम्मेदवारी परेको छ ।
संघको कोषाध्यक्षका लागी रमेश दुलाल र गणेश बोहोराले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा सरिता कार्की र मञ्जु गौतमको उम्मेदवारी परेको छ ।
साथै सदस्यमा श्री देवी देवकोटा, सुनिता परियार, दिनेश डाँगी, जीवन परियार, श्री कृष्ण दाहाल, होमराज सुवेदी, एमकेवी कोइराला, सन्तोष काफ्ले, राम कुमार श्रेष्ठ, चन्द्र खड्का, मिलन श्रेष्ठ, दिनेश भण्डारी, सुन्दर बिहरी पाख्रिन, गजेन्द्र केसी, भुमिका गिरी, गित सेञ्चुरी रहेका छन् ।
राष्ट्रिय संगितकर्मि संघका यि पदाधिकारीहरु यतिखेर महाधिवेशनको चटारोमा छन् । महाधिवेसनकै लागी सामाजिक सञ्जाल देखी भेटघाटमा यतिखेर ब्यस्त देखिन्छन् ।
माघ १ र २ गते हुने महाधिवेसनको पर्यटन तथा संस्कृति मन्त्री आनन्द पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघको सदस्यता वितरण यहि पुस २८ गते गरीएको थियो भने उम्मेदवारी दर्ता माघ १ गतेसम्म गरीसक्नुपर्ने छ । महाधिवेसन जडिबुटी ब्यांक्येटमा हुने जनाइएको छ ।