शनिबार भृकुटीमण्डपमा बिदेशी र नेपाली रेस्लरको भिडन्त हुँदै

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यहि आउँदो शनिबार काठमाडौंको भृकुटीमण्डपमा रेस्लिङ हुने भएको छ । विभिन्न देशका खेलाडीहरु सहभागी हुने भनिएको रेस्लिङ नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले आयोजना गर्दैछ । जहा महिला रेस्लर अस्मिता जुरेली अमेरिकी रेस्लरसँग भिड्ने बताइएको छ ।</p><p style="text-align: justify; ">यस्तै अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवति खड्का युनिकाले बताउनुभयो । उहाँले यस छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिड्दै हुनुहुन्छ ।</p><p style="text-align: justify; ">त्यस्तै भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गिता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग महाभिडन्त हुँने बताउनुभयो । कार्यक्रममा रेस्लिङ खेललाई माया गर्ने सबै दर्शकहरुलाई निमन्त्रणा समेत गर्नुभएकेो छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुने चर्चित रेस्लर जुरेलील जानकारी दिनुभयो ।</p>