क्लासिकको ‘हारें हारें’ गीतको भिडियो यस्तो छ (भिडियो)

...

aryan sigdel in classicपुस २९, काठमाडौं । फिल्म ‘क्लासिक’को ‘हारें हारें’ बोलको गीतको भिडियो सार्वजनिक गरीएको छ । भिडियो सार्वजनिक पुर्व नै अडियोलाई दर्शकले मन पराईसकेका छन् । फिल्मका अन्य गित भन्दा हारें हारें बोलको गीत बढि चर्चित छ । भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको प्रेमलाई देखाईएको छ ।

उत्कृष्ट शब्द र स्वरमा बनेको उक्त गीतमा फिल्का निर्देशन दिनेश राउतकै शब्द रहेको छ भने प्रकाश लिम्बुले संगीत दिएका छन् त्यस्तै गीतमा युवराज चौलागाईको स्वर छ ।

माघ २९ गते भ्यालेन्टाईन डेको अवसर पारेर प्रदर्शन हुने क्लासिकमा आर्यन र नम्रता दृश्य बिहिनको भुमिकामा छन् । फिल्मलाई दर्शकले मन पराउनेमा निर्माणपक्ष आशाबादी देखिन्छ ।