नेपाली अमेरिकन कलाकार संघले गर्ने रमझम साँझमा दीपाश्री देखी किरणसम्म पुग्दै

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघले रमझम साँझको आयोजना गर्ने भएको छ । यहि डिसेम्बर २६ मा अमेरिकाको क्विन्स प्यालेस आईएनसी (३७–११ ५७औं स्टिट) उडसाइडमा थुप्रै कलाकारहरुका बिच कार्यक्रम आयोजना हुने बताइएको छ ।

साँझ ७ बजेदेखी बिहानको २ बजेसम्म चल्ने कार्यक्रमबाट अमेरिकामा रहेका नेपाली कलाकारसँगै नेपालबाट पनि केहि कलाकार अमेरिका पुग्ने बताइएको छ । नेपाली अमेरिकन कलाकार संघकी महासचिव गायिका संगीता थापा मगरका अनुसारका अनुसार चलचित्र निर्देशक तथा लोकप्रिय कलाकार दीपाश्री निरौला र द भ्वाइस अफ नेपालका बिजेता किरण गजमेर कार्यक्रमको प्रमुख आर्कषकको रुपमा रहेका छन् । यस्तै वरिष्ठ गायक रबिन शर्मासँगै कोरियोग्राफर तथा मोडल शंकर बिसीको पनि बिशेष प्रस्तुती रहनी संगीताले जानकारी दिइन् ।

कार्यक्रममा गायक भगवान भण्डारी, उदय भट्टराई, लक्ष्मण पौडेल, गायिका रेश्मा सुनुवार, शान्ति भण्डारी, अन्जना गुरुङ, डान्सर गीता राईको पनि उपस्थिती रहनेछ । कार्यक्रमको होस्ट सुरेश दर्पण पोखरेल र बिक्की पुलामी रहने जानकारी दिइयो ।