दर्शकको नजरमा पर्दै कमेडी सिरियल ‘उकुस मुकुस’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

पछिल्लो समय नेपालमा टेलिसिरियल निकै हेर्ने गरिन्छ । युट्युवमा पनि सिरियल हेर्ने दशर्ककको संख्या निकै छ । यसैबिच विगत १० भागदेखि प्रशारण भैरहेको कमेडी सिरियल ‘उकुस मुकुस’मा पनि दर्शकको नजर पर्न थालेको छ । सार्वजनिक १० भागमध्ये ४ वटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको जानकारी निर्माणपक्षले गराएको छ ।

यो सिरियलमा दिलिप तामाङ ‘हुरहुर’, बेदना राई, देवी आले, प्रकाश लिम्बु, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश वुढामगर, दिपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय छ ।  यो सिरियलमा पटकथा तथा संवाद केदार प्रसाद घिमिरे र दिलिप तामाङको छ । यस्तै, लेखन सुपरिवेक्षणको रुपमा केदार प्रसाद घिमिरेले काम गरेका छन् ।

लोकचन्द्र थापाको छायांकन रहेको यो सिरियलमा सुविन दाहालको सम्पादन, नहकुल भट्टराइको लगानी, दिलिप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको छ । आफुहरुले सिरियलमा गाउँघरका बिषयवस्तुलाई उठान गरेकाले पनि दर्शकले रुचाएको निर्माता नहकुल भट्टराइले जानकारी दिए । पछिल्लो समय  ‘उकुस मुकुस’ नेपालको युट्युव ट्रेन्डिंगमा पनि पर्न थालेको छ ।

Video: