नयाँ फिल्म ‘म’ को शुभ साइत, हुनेछन् निशादेखी निराजनसम्मका कलाकार

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नयाँ फिल्म म बन्ने भएको छ । लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को सोमबार शुभ साइत गरिएको छ । एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै आगामी पुस ११ गतेबाट छायांकन सुरु हुने जानकारी गराइयो । फिल्मको २ वर्ष अगाडि निर्माण घोषणा गरिएको भए पनि कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन ।

समिक्षात्मक रुपमा सफल फिल्म ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गर्नेछन् । फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

त्यस्तै, फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए । फिल्मको कथा अत्यन्त बलियो रहेको उनको भनाई छ ।

नायक खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन् । अभिनेत्री लामिछानेले पनि फिल्मको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन् । फिल्ममा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दाबी छ ।

सविन श्रेष्ठले भने यो फिल्म आफ्नो कमब्याक हुनसक्ने बताए । हलमा आफू अभिनीत फिल्म रिलिज भइरहे पनि ‘म’ मा दर्शकले आफूलाई फरक रुपमा देख्न पाउने उनको भनाई छ । यस्तै, निराजन प्रधान र रुविना थापाले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको बताए । रुविनाको यो तेस्रो फिल्म हो भने निराजनले यही फिल्मबाट लिड नायकको रुपमा डेब्यू गर्दैछन् ।