‘कठपुतली’को प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

भोली शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली हरर चलचित्र ‘कठपुतली’को बुधवार काठमाडौंमा प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ । प्रिमियरमा चलचित्रकर्मी, राजनीतिज्ञसँगै अन्य अतिथीले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको प्रशंसा गरेका थिए ।

निर्देशक तथा निर्माता आकाश अधिकारी, निर्देशक प्रदीप भट्टराई, अभिनेत्री तथा निर्मात्री निशा अधिकारी लगायतले चलचित्रको मेकिंग पाटोको खुलेरै प्रसंसा गरे ।

अभिनेत्री द्वय गौरी मल्ल र शिल्पा मास्केले चलचित्रमा आफ्नो भूमिकाबाट सन्तुष्ट रहेको बताएका थिए । जितु नेपालले उद्घोषण गरेको प्रिमियर शोमा राजनीतिज्ञ रविन्द्र मिश्र, राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसी, नाट्यकर्मी अशेष मल्ल, पत्रकार टिकाराम यात्री, गायकद्वय सत्य(स्वरुप, कलाकार सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, लेखक प्रदीप भारद्वाज, नायिका बेनिशा हमाल, नायक निराजन प्रधान, निर्माता अर्जुन कुमार लगायतको पनि उपस्थिति रहेको थियो ।

चलचित्र मिथिला शर्मा, कर्मा र उषाको वरिपरी घुमेको छ । पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन दरबार छाडेर निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा मिथिला शर्माको अभिनय बुलन्द छ । कर्मा र उषाले पनि जीवन्त अभिनय गरेका छन् । त्यस्तै, गौरी मल्ल र शिल्पा मास्केले पनि चलचित्रमा आफ्नो प्रभाव छाडेका छन् । पहिलो पटक फिचर चलचित्रको निर्देशन गरेका भिमसेन लामाले आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेका छन् ।

सुवर्ण थापा, ध्रुव कोइरालाको पनि अभिनय रहेको चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । चलचित्रको सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई बुधवार साँझबाटै काठमाडौं र मोफसलका मल्टीप्लेक्सहरुले शोज उपलब्ध गराइसकेका छन् ।