अफ्रिका फिल्म फेस्टिबलमा फिल्म आह्वान

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ आगामी फागुनको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । सो महोत्सबका लागि अफ्रिकी मुलुकबाट फिल्म आउने क्रम जारी छ । हालसम्म अफ्रिकाबाट तीन दर्जन भन्दा बढी फिल्म यो महोत्सबका लागि प्राप्त भईसकेको महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराउनु भएको छ ।

यो महोत्सब यसपटक कलेज अफ जर्नालिज्म र विलक्षण क्रियसनको आयोजनामा सम्पन्न हुने भएको छ । अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्नु पर्छ भनेर आफुहरुले नेपालमा नेपाल अफ्रिका फिल्म महोत्सब आयोजना गर्दै आएको पनि डा.मिश्रले बताउनु भएको छ ।

तीन दिनसम्म आयोजना हुने यो महोत्सबमा अफ्रिकीसँगै नेपाली चलचित्र, लघू चलचित्र, बृत्तचित्र पनि प्रदर्शनी गरिने छ । महोत्सबमा सहभागी हुन चाहने नेपाली चलचित्र, लघू चलचित्र तथा बृत्तचित्र यही पुष महिनाभरी आयोजक पक्षलाई इमेल, भिमियो तथा अन्य माध्यमबाट पठाउन सकिने महोत्सब डिरेक्टर डब्बु क्षत्रीले जानकारी गराउनु भयो । बिगत झैं यसपटक पनि महोत्सबमा उत्कृष्ट फिल्महरुलाई पुरस्कृत गरिने भएको छ ।

यो महोत्सबले नेपाल र अफ्रिकाको फिल्मी संस्कृति आदन प्रदानमा सहयोग पु¥याउँदै आएको पनि महोत्सब डिरेक्ट क्षत्रीले जानकारी गराउनुभएको छ । महोत्सबमा अफ्रिकी मुलुकका विभिन्न सिनेकर्मी तथा संस्कृतिविद्हरु पनि सहभागी हुनेछन् ।