न्यूओर्कको ‘रमझम साँझ’मा घन्कियो गलबन्दि

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

दुईबर्ष अघि सार्वजनिक प्रकाश सपूतको ‘गलबन्दि’ गीतले देशसँगै बिदेशमा अत्यधिक चर्चा कमायो । यहि गीतले गायक प्रकाशलाई नेपालका बिभिन्न जिल्लाको कुना कुनासँगै बिदेशका थुप्रै देशमा पुरायो ।

कुनैपनि स्टेजमा चढिसकेपछि प्रकाशलाई ‘गलबन्दि’ नगाई सुख हुँदैन । यस्तै यो अन्तरालमा अमेरिकाका दर्शकलाई गायक प्रकाशले प्रत्यक्ष गीत गाएर सुनाउन पाउनुभएको थिएन । गएको आइतबार (डिसेम्बर २६) राती न्यूओर्कस्थित क्विन प्यालेसमा ‘गलबन्दि’ मज्जैले घन्कियो । पहिलो पटक न्यूओर्क पुग्नुभएका गायक प्रकाशले आफ्ना चर्चित गीतहरु सुनाउनुभयो । हलमा उपस्थित सयौं दर्शक प्रकाशका गीतमा मज्जैले झुमेको देखियो ।

नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको ‘रमझम साँझ २०२१’मा प्रकाश सँगै लोकप्रिय कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौला, गायक किरण गज्मेरले पनि आफ्नो प्रस्तुतीले झुमाउनु भएको थियो । यस्तै कार्यक्रममा गायक प्रेमराजा महत, भगवान भण्डारी, उदय भट्टराई, लक्ष्मण पौडेल, गायिका रेश्मा सुनुवार, शान्ति भण्डारी, अन्जना गुरुङ, डान्सर गीता राई, शंकर बिसीको पनि प्रस्तुती रहेको थियो ।

कार्यक्रम भब्यताका साथ सम्पन्न भएको संस्थाकी महासचिव संगीता थापा मगरले जानकारी गराउनुभयो । संगीताका अनुसार कार्यक्रममा सोचेअनुरुपका दर्शकको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा गायिका सपनाश्री र गायक जगदिश समाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको बसन्ती राईलाई बिशेष सम्मान गरिएको नेपाली अमेरिकन कलाकार संघका पुर्व अध्यक्ष लोकप्रिय गायक बिमल डाँगीले जानकारी गराउनुभयो । यस्तै संस्थाकी अध्यक्ष निशा सुनारले कार्यक्रम सम्पन्न गर्नका लागी खटिने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने जानकारी गराउनुभयो ।

गायक प्रकाशले पहिलोपटक न्युओर्क आउँदा निकै माया पाएको र नेपालीहरुको गीतसंगीत प्रतिको मोह निकै रहेको जानकारी गराउनुभयो । प्रकाशले स्टेजबाटै न्यूओर्क आफूले सोचेभन्दा धेरै फरक रहेको बताउनुभएको थियो । वरिष्ठ लोक गायक भगवान भण्डारी प्रमुख अतिथि रहनु भएको कार्यक्रम साँझ ७ बजे सुरु भएर बिहान २ बजे सकिएको थियो ।