‘मेरो कथा’ अब सातामा २ पटक आउने

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

पारिवारीक कथामा बनेको सिरियल मेरो कथा अब साताको दुईपटक हेर्न पाइने भएको छ । पछिल्लो समय लोकप्रिय बन्दै गएको यो सिरियल अब शनिबार ७ः३० र बुधबार ७ः३० मा युट्युव मार्फत हेर्न सकिने निर्देशक तथा कलाकार गीता नेपालले जानकारी गराउनु भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकको माग अनुरुप सातामा दुई पटक सिरियल प्रसारण गर्ने जानकारी गराइयो ।  रमेश बुढाथोकी, पवन मैनाली, हिमबाला गौतम, लगायतका वरिष्ठ कलाकार मुख्य पात्र रहेको यो सिरियलमा निर्देशक गीता आफै पनि मुख्य पात्रको अभिनयमा हुनुहुन्छ ।

कार्यक्रममा निर्देशक गीताले अहिले सातामा दुईपटक प्रसारण गर्ने र अर्को बर्ष सुरु भएसँगै सातामा पाँच दिननै प्रसारण गर्ने तयारी अगाडी बढाएको बताउनु भयो । उहाँले भन्नुभयो, 'दर्शकको अत्यधिक माग भएकाले हामीले यो निर्णय गरेका हौं ।' यस्तै गीताले नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको सिरियल पछिल्लो समय टेलिभिजनमा प्रसारण बन्द गरेको पनि जानकारी गराउनुभयो । उहाँले अघि भन्नुभयो, 'दर्शकले सकेसम्म लामो इपिसोड हेर्न रुचाउनुहुन्छ । हामीले टेलिभिजनका लागी २३ मिनेट भन्दा बढी बनाउन सक्दैनौं । त्यसैले नेपाल टेलिभिजनमा प्रसारण बन्द गरेका हौं । तर केहि समयमै अर्को टेलिभिजनसँग कुरा भएको छ । छिट्टै टुंगो लाग्नेछ । त्यो समयसम्म युट्युवमा भने प्रसारण रोकिने छैन ।'

यस्तै सिरियलमा गीता नेपाल, तेजुला खतिवडा, प्रिया रिजाल, माधव पण्डित, अशोक धिताल, रिया श्रेष्ठ, जयाश्री कार्की, सन्दीप कँडेल, गणेश देवकोटा, सरोज दाहाललगायतका कलाकारको अभिनय छ । मेरो कथाको लेखक÷निर्देशनमा गीता नेपाल र निर्मात्री तेजुला खतिवडा हुनुहुन्छ भने निर्माताद्वयमा तेजुला र कृष्ण कार्की रहनुभएको छ ।