बिनोदको ‘भेट’ गीतमा सरोज र सरिश्माको प्रेम (भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गायक बिनोद लोप्चनको नयाँ गीत 'भेट' सार्वजनिक गरिएको छ । अर्जुन थापाको शब्द र संगीत रहेको भिडियोको निर्देशन पनि अर्जुनले नै गरेका हुन् । यसअघि दुईवटा गीत रेकर्ड गरिसकेको भएपनि बिनोदको यो सार्वजनिक भएको पहिलो अफिसियल गीत हो ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । कार्यक्रम समाजसेवी जुनु पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि मगरले गीत हेरिसकेपछि गीत सबै कुराले उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् । उनले गीतले नेपाली संस्कृतिलाई जोगाउनका लागी मद्धत गर्ने पनि तर्क राखिन् ।

यस्तै यस गीतका गायक बिनोदले आफुले अफिसियल रुपमा पहिलो पटक गीत सार्वजनिक गरेको र दर्शक तथा स्रोताले माया गर्नेमा आशावादी रहेको बताए । यस्तै गीतका संगीतकार, गीतकार तथा भिडियोका निर्देशक अर्जुन थापाले गायक विनोदसँगको चिनजान पुरानो भएको र अहिले आएर सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरे । साथै उनी विनोदको स्वर निकै मन पर्ने भन्दै गीतले सफलता पाउनेमा ढुक्क देखिन्थे ।

गीतको भिडियोमा सुशिल डांगीको छायांकन र निराजन केसीको सम्पादन रहेको छ ।