पछि हट्दै आशलाग्दा चलचित्र

गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

नेपाली चलचित्र हेर्न दर्शक हलसम्म आएनन् भन्ने नेपाली चलचित्रकर्मिहरुको गुनासो छ । त्यसो त कोरोना कहर यता हल खुलेपछि प्रतिक्षित चलचित्रहरु प्रदर्शन हुन सकेका छैनन् । करोडौंको लगानीलाई जोखिम मोलेर निर्माताहरु प्रदर्शन गर्न चाहान्नन् ।

केहि समय अघि बलिउड चलचित्र ‘सूर्यवंशी’मा उर्लिएका नेपाली दर्शकलाई देखेपछि निर्माताहरुको मुखारमा खुसी छाएको थियो । त्यसपछि भटाभट चलचित्रको प्रदर्शन मिति तय गरिरहेका थिए । यस्ता केहि नेपाली चलचित्र निर्माण भएर बसेका छन् जसले दर्शकलाई हलसम्म सजिलै तान्न सक्छन् । युवास्टार प्रदीप खड्काको मुख्य अभिनय रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’का लागी दर्शक पर्खामा छन् तर यो चलचित्र प्रदर्शन गर्ने कि नगर्ने भन्नेमा निर्माणटिम निकै अन्यौलमा देखिन्छ । किनकी करोडौं लगानी गरेर निर्माण गरेको चलचित्र प्रदर्शन गरेसँगै कोरोना कहरले असर गरेर दर्शक हलमा आएनन् भने के गर्ने भन्ने प्रश्न चिन्ह खडाभएको देखिन्छ ।

बिदेशी चलचित्र नेपाली हलमा प्रदर्शन भएसँगै दर्शक हलमा उर्लिएको देख्दा ‘प्रेमगीत ३’को निर्माण टिमले पनि आफ्नो प्रदर्शन मिति सुरक्षित गरेको थियो । आउँदो फागुन १३ गतेबाट प्रदर्शन गरिने भने प्रचार सारेपछि यो चलचित्र फेरी हटेको छ । अब ‘प्रेमगीत ३’ कहिले प्रदर्शन हुन्छ भन्ने टुंगो छैन । निर्माण टिमले नयाँ प्रदर्शन मिति तोकिसकेको छैन । भारतमा कोरोनाको भेरिएन्ट ओमिक्रोनको बढ्दो दर र नेपालमा पनि कोरोना संक्रमणको अनुपात बढ्दै गएको कारण यो चलचित्र सरेको हो ।

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले भारत बजारका वितरक समूहको सल्लाह सुझाव अनुरुप चलचित्र सारिएको जनाउनु भएको छ । सन्तोषले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेपछि र भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै थिएटर बन्द हुने क्रम बढेको हुनाले नेपाल र भारत अथवा विश्वभरी अलग अलग मितिमा प्रदर्शन नगरी एक साथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले चलचित्रलाई अनिश्चितकालका लागि सारेका छौं ।’

स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो चलचित्रबाट मनिष र क्रिस्टिनाले नायक–नायिकाको रुपमा डेब्यू गर्दैहुनुहुन्छ । चलचित्रलाई राजेश श्रेष्ठले खिच्नुभएको हो ।

यस्तै अर्को प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ पनि आउँदो माघ १९ गतेबाट प्रदर्शन हुने भनेर प्रचारप्रसार गरिएको छ । आजको मितिसम्म यो चलचित्रको प्रदर्शन मिति यहि कायम छ तर कोरोना कहर नेपालमा पनि बढ्दो क्रममा भयो भने यो चलचित्रपनि सर्ने निश्चित छ । सुदर्शन थापाले निर्देशन गर्नुभएको ‘म यस्तो गीत गाउँछु २’मा युवास्टार पल शाह र पुजा शर्माको मुख्य अभिनय रहेको छ । यो चलचित्रको पहिलो सिरिज दर्शकले खुबै मन पराएका थिए ।

यस्तै अर्को सफल चलचित्र सिरिज ‘ए मेरो हजुर’को चौथो सिरिज पनि बन्ने क्रममा छ । झरना थापाको निर्देशनमा बन्ने यो चलचित्र पनि कोरोना कहरकै कारण ढिलाइ भइरहेको छ । नायिका सुहाना थापा यसै चलचित्रका लागी भन्दै अमेरिकाबाट नेपाल आइसक्नुभएको छ । साथै निर्देशक झरनाले चलचित्रको स्क्रिप्टको काम भइरहेको बताउनुभएको छ ।

यस्तै अर्को चलचित्र ‘चपली हाइट ३’ यस पुस ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसअघि यो चलचित्र दुईपछि सरिसकेको छ । पुस २ बाट सरेर ३० मा आएको ‘चपली हाइट ३’ सोहि मितिमा प्रदर्शन हुन्छ या हुँदैन मिती कुर्नैपर्ने हुन्छ । यो चलचित्रको भर्खरै शिर्ष गीत समेत सार्वज्निक गरिएको छ । जुन गीतमा दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । अहिले हलमा भने नेपाली चलचित्र ‘कठपुतली’ प्रदर्शन भइरहेको छ ।

नेपाली चलचित्र क्षेत्रलाई उकास्ने अन्य केहि आशलाग्दा चलचित्रहरु निर्माण भएर बसेका छन् भने कतिपय निर्माण हुने क्रममा छन् । ‘छक्का पञ्जा’को सिरिज बनाउँदै आउनुभएका दीपकराज गिरी र दिपाश्री निरौलाको टिमपनि कोरोना कहरको अवस्था हेरेर बसिरहेको छ ।

बलिउडको बजारमा पनि कोरोनाको नयाँ भेरियन्टले कब्जा गर्न थालेपछि हलहरु बन्द भइरहेका छन् । त्यसैकारण पनि नेपाली चलचित्र बजारमा अब के हुनेहो भन्ने अन्योलता छाएको छ ।