अब धुर्मुस सुन्तलीका हरेक क्रियाकलाप वेवसाईटमा हेर्न पाइने

...

dhurmus suntali dot com

पुस २९, काठमाडौं । हामीलाई कुनै पनि कलाकारहरुको क्रियाकलापहरुका बारेमा बुझ्न मन लाग्छ, कलाकार कुन कार्यक्रममा पुगेका छन्, कुन कार्यक्रममा कस्तो प्रस्तुती देखाए भन्ने जिज्ञासा सर्वसाधारणलाई लाग्नु स्वभाविक नै हो । यस्तैक्रममा पछिल्लो समय धेरै नेपाली कलाकारहरु पनि डिजिटल प्रविधीमा छिरिसकेका छन् । पछिल्लोसमय कलाकारहरु आफ्नै वेवसाईट, युट्युव च्यानल, फेसबुक पेजमा निकै सक्रिय देखिन्छन् ।

यस्तैक्रममा हाँस्यकलाकारका सफल जोडिका रुपमा चिनिएका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पनि डिजिटल बजारमा आएका छन् । अब उनीहरुका कार्यक्रमहरु, उनीहरुका कार्यक्रममा देखिने प्रस्तुतीहरु वेवसाईटमा हेर्न सकिनेछ । त्यसका लागी ‘धुर्मुस सुन्तली डटकम लगइन गरेर हेर्न र पढ्न सकिनेछ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला मेरी बास्सै बन्द भएलगत्तै यो जोडि सामाजिक कार्यमा अझ सक्रिय देखिएको छ । सरकारको सरसफाई दूत समेत रहेको यो जोडि पछिल्लो समय सरसर्फाइ अभियान, भुकम्पिडितहरुलाई राहत बितरण लगायतका बिभिन्न कार्यक्रममा ब्यस्त देखिन्छन् ।