आज शुक्रबारबाट कालिका एफ.एम.मा ‘जम्काभेट’ प्रसारण हुने

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

मध्यनेपालको सर्बोत्कृष्ट रेडियो कालिका एफ.एम ९५.२ मा आज (शुक्रबार)बाट कार्यक्रम जम्काभेट प्रसारण हुने भएको छ । नेपाली सेलिब्रेटीहरुसँगको अन्तरंग कुराकानी रहने साप्ताहिक कार्यक्रम जम्काभेट प्रत्येक शुक्रबार साँझ ५ बजेको समाचार पछि ६ बजेसम्म सुन्न सकिने बताइएको छ । कार्यक्रम रंग पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गर्नेछन् । गोपिकृष्ण नेपाल चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य समेत हुन् भने काठमाडौंमा रहेर हिमालय टाइम्स राष्ट्रिय दैनिकका इन्टरटेनमेन्ट सम्वाददातासँगै आर्टिष्ट खबर अनलाइनका सम्पादक समेत हुन् ।

कार्यक्रम काठमाडौंसँगै बिभिन्न ठाउँबाटै निर्माण गरिनेछ । कार्यक्रम प्रस्तोता गोपिकृष्ण भन्छन्, 'कुनैपनि सुटिंगस्थल, रेकडिंग स्टुडियो, रेस्टुरेन्ट अथवा कुनैपनि ठाउँ जहाँ नेपाली सेलिब्रेटी भेटिन्छन् त्यहीँबाट कार्यक्रम तयार पारिनेछ ।' कार्यक्रमको आजको पहिलो ईपिसोडमा सुपरस्टार नायक पल शाहसँग अन्तरंग कुराकानी भएको छ । कुराकानीको क्रममा नायक पलका पछिल्लो समयका चलचित्र तथा म्युजीक गतिबिधि सँगै बिभिन्न विवादका बिषयमा पनि कुराकानी भएको जानकारी गराइयो ।

बिगत लामो समयदेखी कालिका एफ.एम.ले मोफसलमा रहेर कला क्षेत्रलाई माथि उठाउनका लागी यसअघि पनि थुप्र्रै त्यस्ता किसिमका कार्यक्रम प्रसारण गर्दै आएको र यस जम्काभेट कार्यक्रमले पनि नेपाली कला क्षेत्रको प्रबद्र्धन गर्ने कालिका एफ.एम.का स्टेशन प्रमुख दीपक पौडेलले बताए ।