राजेश पायल र सुनिता थेगिममा कसको लगनगाँठो जुर्ला?

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

लोकप्रिय गायक राई इज किङ राजेश पायल राई र सुनिता थेगिम लिम्बुको स्वरमा सार्वजनिक बालक गुरुङको 'बोली मिठो' लोक सुगन्धको यस गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । तीन महिना अघि बालक गुरुङ स्वयमले पन्चम म्युजीकबाट सार्वजनिक गरेको यस गीतलाई यट्युवमा हेरिसकेपछि आएका प्रतिक्रिया अधिकांश सकारात्मक देखिन्छन् । युट्युवमा जतिले हेर्नुभएको छ, दर्शकहरुबाट राम्रो प्रतिक्रिया आउनुनै सिर्जनाको सफल पक्ष हो । यसर्थपनि गीतका संगीतकार तथा गीतकार बालक गुरुङ गीतमा आएका सकारात्मक प्रतिक्रियाले खुसी मिलेको बताउँछन् ।

गीतले वैसालु युवा युवतिहरुमा मायाँ प्रेमसंगै घरजाम गर्ने, घरजाम गर्नु परे बाउमाइती साँची राखेरमात्रै लगन गाँठो जुराउने, जस्ता मिठास भावनाहरु उजागर गरेको छ ।

गीतमा समावेश शब्द यस्ता छन्ः

पुः बोली मिठो मुस्कान (मिठो)२ मुसु मुसु हाँस्नेको,

(मोहनी रुप मृगको चाल, मन पर्यो है मायाँको)२

मः दौरा सुरुवाल ढाका (टोपि)२ गलबन्दि भिरेको,

(चिनजान छैन बोलचाल छैन, किन मन पराएको)२

पुः (यो जोवन तिम्रो हुर्केको, लाली गुराश झैं फूलेकी)२

(मगमग बासना चल्यो, सुगन्ध भरि दिन्छौकी)२

मः यो जोवन मेरो बैँस मेरो डाहा किन गर्छौनी)२

(जवानीमा फुल्नेफूलले सुगन्ध मिठो छर्छनी)२

पुः (यो मनले भन्छ घरजाम गर्ने मायाँ तिमी के गर्ने)२

(नौमति बाजा बजाइ बेहुली अन्माई लैजाने)२

मः बाबाकी एकली प्यारी म छोरी, बिहे अहिले नगर्ने

(माइती साँची राखेर मात्रै, लगन गाँठो जुराउने)२

हालसम्म कन्ने, कन्या रहेका यी चर्चित गायक गायिका दुवैले गीतलाइ भरपुर रोमान्टिक मुडमा गाएका छन् । धेरै युगल गीतहरु गाई रहेका यि जोडीका निमित्त यो गीत ‘बोली मिठो मुस्कान मिठो’ फरक प्रस्तुति रहेको बालक गुरुङ बताउँछन् ।

बालक गुरुङको आफ्नै शब्द संगीत रहेको यस गीतमा अशोक कुमार राईले संगीत संयोजन गरेका छन् । गीत सेवा रेकर्डिङ स्टुडियोमा  रेकर्ड भएको हो र भिडियो दुर्गा बन्तवा राईले खिचेका हुन् भने मनोज राईले सम्पादन गरेका हुन् ।