‘आकाशे खेती’को नयाँ गीत सार्वजनिक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ ‘ बोलको गीत सार्वजनिक गरिएको छ । ओ एस आर द्धारा बजारमा ल्याईएको गीतमा राजेश पायल राई, लोक पौडेल, अन्जु पन्त र सु्म्निमा इङनामको स्वर रहेको छ ।

चलचित्रमा निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय रहेको छ ।

एस एस इन्टरनेशनल फिल्मस र तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यो गीतमा विकाश चौधरीको संगीत रहेको छ भने हरि उप्रेतीको शब्द रहेको छ । गीतमा निता ढुङगाना, गौरव पहाडी, विल्सन विक्रम राई ‘तोक्मे बुढा’ लगायतको अभिनय रहेको छ ।

चलचित्रमा राजु किरातीको द्वन्द्व, सुजन बडाल सम्पादन, विक्रम डिसीको छायाँकन, राम जी लामिछाने र राजिव सिंहको नृत्य निर्देशन रहेको छ । चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । चलचित्र  फागुन २७ गतेबाट प्रर्दशनमा आउने बताइएको छ ।