आजभोली कठोर बन्न थालेकी छुः रियासा

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

नेपाली टेलिसिरियलको दुनियामा युटयुवको भ्युजको आधारमा लोकप्रियतालाई मापन गर्नेहो भने उत्कृष्ट पाँच भित्र पर्ने ‘गाह्रा छ हो’को मुख्य कलाकार तथा निर्माता हुनुहुन्छ रियाशा दाहाल । रियाशा सिरियलसँगै म्युजीक भिडियोको डिमाण्डेड मोडलको रुपमा पनि स्थापित हुनुहुन्छ । उहाँले अभिनय गरेको म्युजीक भिडियो सातामा दुईदेखी तीनवटा पनि सार्वजनिक हुने गरेका छन् ।

यसैबिच शनिबार एक म्युजीक भिडियो रिलजकै सन्दर्भमा आजभोली आफू कठोर बन्न थालेको बताउनुभएको छ । बिगतका दिनहरुमा सानो कुराले पनि आफ्नो मन बिझाउने भएकाले र रोइहाल्ने भएकाले आजभोली कठोर बन्न थालेको बताउनुभएको हो । ‘रुन दिन्न’बोलको गीतको प्रसंगमा कला क्षेत्रमा आएपछि तपाई कहिल्यै रुनुभएको छ भन्ने सञ्चारकर्मिको प्रश्नमा रियाशा भन्नुहुन्छ, ‘जोकोहि मान्छेको जीवन केहि न केहि घटना घटेको हुन्छ । मन कमजोर भएपछि रोइहालिन्छ । सकेसम्म कठो बन्न थालेको छु ।’

कोरोना कहर भन्दा अघि रियाशा युट्युव सिरिसमा काम गर्नुहुन्थ्यो । त्यो समयमा सिरिजका सहकर्मि जेबिस गुरुङसँगको मनमुटावका कारण छुट्टिएपछि अधिकांश अन्तर्वार्तामा रियाशा रुनुभएको थियो । रोइसकेपछि दर्शकबाट आएको प्रतिक्रियाले झन् कत्तिको रुवायो भन्ने प्रश्नमा रियाशाले मिश्रित प्रतिक्रिया आएकाले चित्तो ब्झ्दो भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मलाई त्यो बेलामा आएका गाली र ताली दुबैकुराको चित्त बुझेको थियो । त्यो समयबाट जीन्दगीमा जतिनै दुख आएपनि आफैसँग राख्नुपर्ने रहेछ र दुनियालाई देखाउन हुन्न भन्ने सन्देश बुझेकी छु ।’

‘रुन दिन्न’बोलको गीतमा कृष्ण काफ्लेको स्वर रहेको छ भने अर्जुन पोखरेलले संगीत भर्नुभएको छ । गीतको भिडियोमा रियाशासँग रोशन केसीले अभिनय गर्नुभएको छ । भिडियो शान थापाले निर्देशन गर्नुभएको हो ।

Video: Click Here