सिनेमा हलसँगै रात्रिकालिन ब्यावसाय पनि माघ १५ सम्म बन्द

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपालमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सरकारले यहि माघ १५ गतेसम्मका लागी सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म सिनेमा हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय (दोहोरी साँझ, क्लब, पब) र जिम हलहरू बन्द गर्ने निर्णय सुनाउनु भएको हो ।

त्यस्तै डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ । पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने छ । यसैगरी विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्ने भनिएको छ । मठमन्दिरमा नित्त पूजा मात्रै गर्न पाइने र स्वास्थ्य मापदण्डहरू अनिवार्य रूपमा पालन गर्नुपर्ने छ ।

बिशेषगरी सिनेमाहल बन्द गर्ने निर्णयसँगै सबैभन्दा बढी मारमा गएको शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘चपली हाइट ३’ परेको छ । यो चलचित्रको निर्माण टिमले तीनपटक सम्म प्रदर्शन मिति सारेर पुस ३० मा पु¥याएको थियो । तर, चलचित्र रिलिज भएको तीन दिनमै हल बन्द हुने निर्णय आएपछि निर्माता मारमा परेका हुन् । यस्तै, माघ १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को अब प्रदर्शन रोकिने भएको छ ।

अहिले हलमा ‘चपली हाइट ३’सँगै नेपाली फिल्म ‘कठपुतली’ लगायत बलिउड तथा हलिउड चलचित्रहरु ‘पुष्पाः द राइज’, स्पाइडरम्यानःनो वे हाम र ‘अतरंगी रे’ पनि प्रदर्शन भइरहेका थिए ।