मेरो गल्ति छैन, क्षतिपुर्ति चाहिन्छः खेसरीलाल

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

भोजपुरका चर्चित कलाकार खेसरीलाल यादवले बर्जुको कार्यक्रमको क्रममा भएको घटनामा आफ्नो कुनै गल्ति नभएको र आफूहरुलाई क्षतिपुर्ति चाहिने बताउनुभएको छ ।

गएको मंगलबार सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा खेसरीलाल नपुगेपछि दर्शकले तोडफोड र गाडीमा आगजनी गरेका थिए । खेसरीलालले आफूलाई प्रशासनले कार्यक्रममा जानका लागी रोकेको बताउनु भएको छ ।

तोडफोडपछि विराटनगर पुग्नु भएका कलाकार खेसरीलाल फेसबुक लाइभमार्फत आफ्नो गल्ती नभएको बताउनु भयो । उहाले भन्नुभयो, ‘हेर्नुहोस्, यसमा न म दोषी हुँ, न जनता हुन्, न त नेपालको प्रशासन । यसमा दोषी भनेको आयोजक मात्रै हो, जसले प्रशासनबाट कार्यक्रम रद्द गर्न निर्देशन दिइसक्दा पनि मलाई जानकारी गराएन र जनतालाई टिकट बेचिरह्यो ।’

आफू नेपालको बोर्डमा विहानको ७ बजेसम्म पुगिसकेको र करिब ११ बजेतिर कार्यक्रम स्थल जान खोज्दा होटलमै प्रहरी प्रशासनले रोकेको कलाकार खेसरीलालले बताउनुभएको छ । बिहानदेखि कलाकार खेसरीलालको प्रस्तुति हेर्न कुरेर बसेका दर्शकहरू दिउँसो १ बजेसम्म पनि नआएपछि अक्रोशित बनेर तोडफोड र आगजनी गरेका थिए । दर्शकले भारतीय नम्बर प्लेट भएका चारवटा स्कार्पियो जलाए भने प्रस्तुति दिन आएका कलाकारका टिमलाई कुटपिट पनि गरे ।

यी सबैमा आफ्नो करिब डेढ करोडको नोक्सानी भएको भन्दै उनले यसको क्षतिपूर्ति आयोजक टिमले दिनुपर्ने माग गर्नुभयो । तर, यस्तो घटना भइसक्दा पनि आयोजक टिमसँग कुनै सम्पर्क नभएको र आफू र आफ्ना नेपाली समर्थकलाई धोका दिएको यादवले आरोप लगाउनु भएको छ ।

आयोजक टिमले कार्यक्रममा टिकटको व्यवस्था भएको समेत नबताएको र नेपालमा कोरोनाका कारण यस्ता सभा, समारोह लगायत कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएपनि आयोजक टोलीले उनलाई झुक्काएको उहाको दाबी छ । यति मात्रै नभएर आयोजकले आफ्नो छवि पनि बिगारेको आरोप उहाले लगाउनु भएको छ ।