समिक्षाको स्टाटस- ‘अब समय आउँदैछ, यथार्थ खुलाउनेछु’ (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाली कला क्षेत्रमा बिभिन्न गसिप, विवाद चलिरहन्छ । यसैबिच केहि समय अघिदेखीको एक बिषय निकै चर्चामा छ, त्यो हो गायिका समिक्षा अधिकारी र नायक पल शाहबिचको सम्बन्ध । यी दुबैले आफूहरुबिच प्रेम सम्बन्ध नरहेको बताउदै आएका थिए । तर कलाकर्मिबिच निकै कानेखुसी चलिरहेको थियो ।

केहि दिन साम्य भएजस्तो देखिएको यो बिषयलाई फेरी गायिका समिक्षा अधिकारीले नै उठाएकी छिन् । आज समिक्षाले राखेको एक स्टाटसले यो बिषयलाई ब्युताएको छ । पछिल्लो केहिदिन यता समिक्षाले स्टाटस क्रमिक रुपमा राखिरहेकी छिन् । तीन दिनअघि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै स्टाटस लेखेकी थिइन् । त्यसपछि ‘विस्तारै खुल्छ मुकुण्डो’ भन्दै अर्को स्टाटस लेखिन् ।

समीक्षाले आज फेसबुकमा अर्को स्टाटस पोस्ट गरेकी छिन् । जहाँ उनले अभिनेता पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने उल्लेख गरेको स्पष्ट हुन्छ । यसअघि पलसँग जोडिएर गसिपहरु आउन थालेपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफू र पलबीच प्रेम सम्बन्ध नरहेको बताएकी थिइन् । पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको भन्दै आफू पलको फ्यान मात्र भएको उनले बताएकी थिइन् ।

तर, आज समीक्षाले सोही समयको स्टाटसको स्क्रिनसट पोष्ट गर्दै लेखेकी छन् ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ समीक्षाको यो स्टाटससँगै पल शाहसँग जोडिएर आएका कुराहरु हल्ला नभएको संकेत देखिन्छ ।

यो स्टाटसँगै कमेन्ट गर्नेहरुको लर्को देखिन्छ । आखिर बास्तविकता के हो त ? पल शाहको नाम नतोकेकी समिक्षाले के खुलाउन चाहान्छिन् ? के यथार्थ छ त्यस्तो जुन समय उनले कुरिरहेकी छिन् । यसै बिषयमा तयार पारिएको बिशेष भिडियो रिपोर्टः