डा. नेपालको कृति ‘लेखन शिल्प’ प्रकाशीत

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ, कवि तथा समालोचक डा. देवी नेपालको ‘लेखन शिल्प’ नामक कृति प्रकाशन गरिएको छ । यस अघिनै कविता लेखनका लागि मार्गदर्शक मानिएको लोकप्रिय कृति ‘छन्द–पराग’ लेखेर चर्चामा आउनु भएका स्रष्टा नेपालको प्रस्तुत ‘लेखन शिल्प’ कृतिमा सिर्जना, समालोचना, अनुसन्धान र व्यावहारिक लेखनसँग सम्बन्धित ५० वटाभन्दा बढी विधा र उपविधाहरूको लेखन सिपसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत कृतिमा कविताका लघुतम रूपअन्तर्गत पर्ने हाइकु लेखन, मुक्तक लेखनलगायतका पुरानादेखि नवप्रवर्तित गरी ३१ वटा प्रकारको उदाहरणसहित चर्चा गर्नुभएको छ ।

साथै कविताका शास्त्रीय छन्द, मुक्त छन्द र बालकविता लेखन, गीत लेखन, गजल लेखन, खण्डकाव्य लेखन, लामो कविता लेखन, महाकाव्य लेखन, बृहत्तर महाकाव्य लेखन आदि सबै रूपको सिद्धान्त र लेखन शिल्पका बारेमा जानकारी दिइएको छ ।

ऐरावती प्रकाशनबाट प्रकाशित ४४० पृष्ठको ‘लेखन शिल्प’ कृतिको मूल्य ५ सय राखिएको छ ।