‘नेपाल–भारत साहित्य महोत्सव’ स्थगित

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

बर्तमान समयमा कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आउँदो फेब्रुअरी २६ देखि २८ सम्म आयोजना हुने भनिएको तीन दिने ‘नेपाल–भारत साहित्य महोत्सव’ स्थगित गरिएको छ ।

ओमिक्रोनको बढ्दो प्रकोपले गर्दा परिस्थिति सहज भएपछि महोत्सव आयोजना गरिने गरी हाललाई स्थगत गरिएको महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीले जानकारी गराउनु भयो । संयोजक लेकाली र मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डित सहितको संयुक्त छलफलबाट महोत्सव स्थगनको निर्णय भएको हो ।

महोत्सव हाललाई स्थगित भए पनि तयारी भने नरोकिने सहसंयोजक कवि नरेन्द्रबहादुर श्रेष्ठले जानकारी गराउनुभएको छ ।