‘भैरव पुरस्कार गुठी’द्धारा बिभिन्न पुरस्कार घोषणा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

‘भैरव पुरस्कार गुठी’ले विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ । भैरव अर्यालको स्मृतिमा स्थापित उक्त संस्थाले जनाए अनुसार २०७८ सालको ‘भैरव पुरस्कार’ व्यंग्यकार नरनाथ लुँइटेललाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

यसै वर्षबाट घोषणा गरिएको अर्को पुरस्कार ‘भैरव वाङ्मय पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । उक्त पुरस्कारकासाथ १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद राशी प्रदान गरिने छ । यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, संगीत, पत्रकारितालगायतका क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई बर्सेनि प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले बताउनु भएको छ ।

गुठीले ‘भैरव प्रतिभा पुरस्कार’ साहित्यकार विमल भौकाजीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशी ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने जनाइएको छ । पुरस्कार छनौट गर्न गुठीले व्यंग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेको समिति गठन गरेको थियो ।