दुर्गेश थापाको ‘पैसा’ गीत बन्द होला ? (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

लोकप्रिय मोडल तथा गायक हुन् दुर्गेश थापा । जहासम्म लाग्छ, नेपालको २ करोड ९१ लाख ३६ हजार ८०८ जनसंख्या मध्ये आधा भन्दा बढीले उनलाई नजिकबाट चिनेको हुनुपर्छ । उनका अधिकांश गीत हिट छन्, म्युजीक भिडियोमा अत्यधिक देखिने मोडल पनि हुन् । उनी स्टेजको समयमा महिनामा २५ वटा स्टेज पनि चढेका छन् ।

तर दुर्भाग्य, दुर्गेश थापालाई एकपछि अर्को झट्का लागिरहेको छ । अर्थात उनी आफ्ना गीत, क्रियाकलाप तथा बोलीका कारण विवादमा आइरहन्छन् । पछिल्लो समय त उनका हरेक गीतहरु विवादमा पर्ने गरेका छन् । अझ नेपाली संगीतको बजारमा त विवाद शब्दको अर्थ के हो भन्दा दुर्गेश थापा भन्नेहरु समेत भेटिन्छन् ।

दुर्गेश थापा फेरी पनि विवादमा तानिएका छन् । गएको माघ १४ गते दुर्गेश थापाको स्वर, शब्द तथा संगीतमा रहेको पैसा बोलको गीतका कारण दुर्गेश विवादमा तानिएका हुन् । गीतको शब्द र भिडियोका केहि दृश्यका कारण दुर्गेशको गीत विवादमा परेको हो ।

दुर्गेशले ¥याप शैलीको यस गीतमा ‘छाडा’ र आपत्तिजनक शब्दहरु प्रयोग गरेका छन् । पैसाले देश ध्वस्त बनाएको भन्दै हरेक कुरा गर्न पैसा चाहिने आशय गीतमा व्यक्त गरिएको छ ।

गीतको प्रसारण रोक्न आग्रह

वैज्ञानिक समाजवादी महिला संगठन केन्द्रीय कमिटीले गीतको प्रसारण तत्काल बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई आग्रह गरेको छ ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै गीतमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरुको प्रयोग भएको र महिलाको शरीरलाई पैसासँग जोडेर प्रस्तुत गरेको भन्दै गीतको प्रसारण बन्द गर्न आग्रह गरेको हो । ‘गीतमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरुको अत्याधिक प्रयोग भएको छ । त्यसैगरी महिलाको अर्धनग्न शरीरलाई पैसासँग जोडेर अश्लील तरिकाले प्रदर्शन गरेर महिलालाई वस्तुकरण गरिएको छ’ संगठनको केन्द्रीय कमिटी संयोजक धनकुमारी सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आग्रहलाई बेवास्ता गरे यस प्रकारका गीत र कलाकारहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत संगठनले दिएको छ ।

यसरी वैज्ञानिक समाजवादी महिला संगठनले बिज्ञप्ती नै जारी गरेपछि दुर्गेशले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । नत उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाई राखेका छन् नत मिडियामा नै बोलेका छन् । विवादमा तानिएका बेला दुर्गेशले मिडियासँग बोल्न इन्कार गरेका छन् ।

अझै रोकिएन प्रसारण…

वैज्ञानिक समाजवादी महिला संगठनले सम्बन्धित संस्था र राज्यका निकायलाई उक्त गीतको तत्काल प्रसारण रोक्न आग्रह गरेपछि गीत सार्वजनिक भएको पाँच दिन पुरा हुदासमेत प्रसारण रोकिएको छैन । उक्त संगठनले बिज्ञप्तीमा सम्बन्धित संस्था र राज्यका निकाय भनेपछि कुनैपनि संस्था तथा निकायलाई तोकिएको छैन । नेपालमा गीतसंगीतसँग सम्बन्धित बिभिन्न संस्था भएपनि राज्यले नेपाली गीत संगीत हेर्ने निकाय  भने अहिलेसम्म छ्ट्टाएको अवस्था छैन ।

केहि समय अघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेशलाई बहिस्कार गरेको थियो । साथै दुर्गेश कुनैपनि गीतसंगीतसँग सम्बन्धित संस्थामा आवद्ध पनि छैनन् ।

दुर्गेश ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट अझ बढी दर्शकसँग चिनिएका हुन् । ‘बीच्च बीच्चमा’को थेगोमा दुर्गेशले दुई वर्षअघि चलचित्र ‘छ माया छपक्कै’को प्रमोसनल गीत गाएका थिए । जुन गीतको प्रयोग भएको एउटा लाइनका कारण उनी आलोचित बन्नुपरेको थियो ।

तिहार गीत ‘डन आयो डन’ले त उनलाई प्रहरी कार्यालयसम्म पु¥याएको थियो । गीतमा प्रयोग भएका शब्दहरुको निकै आलोचना भएको थियो । गीतका शब्दहरुलाई लिएर जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनलाई प्रहरीले बोलाएको थियो । पछि प्रहरी कार्यालयबाटै उनले गीत युट्युबाट हटाएका थिए । उनले विवादित शब्द ‘म्युट’ गरेर उक्त गीत फेरि अपलोड गरेका थिए ।

गत वर्ष उनले तीजलक्षित गीत ‘बीच्च बीच्चमा २’ र ‘बीच्च बीच्चमा ३’ सार्वजनिक गरेका थिए । यी दुवै गीतबाट पनि उनको आलोचना भयो । ‘बीच्च बीच्चमा २’को अन्तराको दुई लाइन उनले एउटा पुरानो गीतबाट हुबहु सारेका थिए । ‘बीच्च बीच्चमा ३’मा भने उनी भिडियोका कारण आलोचित बने । भिडियोमा उनीसहित अन्य कलाकारहरु साडी लगाएर प्रस्तुत छन् ।

गत वर्ष नै उनी एक टेलिभिजन अन्तर्वार्ताका कारण आलोचित बने । प्रस्तोताले दुर्गेशलाई स्वरसम्राट नारायणगोपाललाई सम्झेर एउटा गीत गाउन आग्रह गर्दा उनले भक्तराज आचार्यको गीत गाउँछन् । यति मात्र नभई अन्तवार्तामा दुर्गेशले यम बरालको भन्दै रामकृष्ण ढकालको गीत गाउँछन् । यसरी गीत चिन्न नसक्दा दुर्गेशको संगीतप्रतिको कमजोर ज्ञानलाई लिएर निकै आलोचना भएको थियो ।

यस वर्ष उनले ल्याएको  तीजगीत ‘बीच्च बीच्चमा ४–ख्यास्स पुतली’को त सार्वजनिक नहुँदै आलोचना भएको थियो । गीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्दलाई लिएर निकै आलोचना भएको थियो । उक्त शब्दले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोप लागेको थियो ।

Video report: