‘ठगराज’ चलचित्र बनाउँदै लक्ष्मण

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

चलचित्र पत्रकार लक्ष्मण सुवेदीले नयाँ चलचित्र ‘ठगराज’ निर्देशन गर्ने हुनुभएको छ । बुधवार उहाले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालको माध्यमबाट चलचित्रको घोषणा गर्नुभएको हो । चलचित्रमा उहाको निर्देशनसँगै निर्माण पनि रहनेछ । उहाकै लेखन रहेको चलचित्र सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने बताइएको छ । लक्ष्मण पाँचबर्ष पछि चलचित्र निर्देशनमा फर्किनुभएको हो ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनको ब्यानरमा बन्न लागेको चलचित्रका लागि कलाकार तथा अन्य टिमको बारेमा केही समयमा जानकारी गराइने निर्देशक सुवेदीले बताउनु भएको छ । चलचित्रको चैत्र अन्तिमबाट छायांकन सुरु गर्ने उहाको योजना छ । ‘ठगराज’ सामाजिक कथा, कमेडी, प्रेम र सेन्टीमेन्टको एउटा प्याकेज रहेको उहाले जानकारी दिनुभयो ।

सुवेदीले यसअघि दुई चलचित्रको निर्देशन गरिसक्नुभएको छ । ‘एउटा साथी’ बाट निर्देशनमा हात हाल्नुभएका उहाले पछिल्लो पटक चलचित्र ‘लालजोडी’ को निर्देशन गर्नुभएको थियो । ‘कृष्ण लीला’, ‘आरोप’ जस्ता चलचित्रको कथा, पटकथा तथा संवाद समेत लेखिसक्नुभएका उहा चलचित्र ‘स्टार’ मा कार्यकारी निर्माताको रुपमा पनि हुनुहुन्थ्यो ।