फागुन १ गतेबाट सिनेमा हल र रात्रिकालिन ब्यवसाय खुल्ने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न पाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको हो । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।</p><p style="text-align: justify; ">यस्तै आइतबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ । साथै बैठकले फागुन १ गतेदेखि नै भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।</p>