‘हेयर एण्ड शान्ति’को सातौं शाखा उद्घाटनमा कलाकारको जमघट

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

काठमाडौंको दरबारमार्गस्थित ‘दरबार मल’को पहिलो तलामा ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा उद्घाटन भएको छ । सैलुनको क्षेत्रमा ‘हेयर एण्ड शान्ति’ ले बेग्लै ब्राण्ड बनाईसकेको छ । काठमाडौंमा कमलादी, ठमेल, जावलाखेल, नक्साल र काठमाडौं बाहिर हेटौंडा र चितवनको नारायणघाटमा शाखा विस्तार गरिसकेको छ ।

भारतका बिभिन्न १२ वटा स्थानमा शाखा सञ्चालन गरिसकेको हेयर एण्ड शान्तिले दरबारमार्गमा सातौं शाखा सञ्चालनमा ल्याएको हो । आईतबार नेपाल उद्योग वाणिज्य महा संघका पूर्व अध्यक्ष भवानी राणा, कलाकार किरण केसी र मोडल तथा नायिका खुश्बु खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा पत्रकार ऋषि धमला, गायिका सरु थापा, लेखक तथा राजनीतिज्ञ शंकर तिवारी, कलाकार मोहितवंश आचार्य, चलचित्रकर्मि शंकर भण्डारीको उपस्थिीति रहेको थियो ।

करिब चार वर्षको अन्तरालमा हेयर एण्ड शान्तिले काठमाडौंमा सातौं शाखा सञ्चालनमा ल्याएको हो । उच्चतम् उपकरण र उत्पादनको प्रयोग गरेर गुणस्तरीय सेवा दिइने भएकाले छोटो समयमै आगन्तुकको मन जितेको सञ्चालक अनुजा श्रेष्ठले बताउनु भयो । ‘हामीले धेरै भन्दा धेरै सुविधादिएर उत्कृष्ट सेवादिने प्रयास गरेका छौं ।’ अनुजाले भन्नुभयो । सुन्दरताकिन जरुरी छ ? राम्रो बन्नकिन जरुरी छ ?यसबारे प्रष्ट्याउँदै पत्रकार ऋषि धमलाले आफू पनि हेयर एण्ड शान्तिमा आउने बताउनु भयो । यस्तै कलाकार मोहितवंश आचार्य हेयर एण्ड शान्तिमा नियमित जसो पुग्ने मध्येमा पर्नु हुन्छ । ‘यहाँ अलि सहज र राम्रो लाग्छ ।’ आचार्यले बताउनु भयो ।

हेयर एण्ड शान्तिमा कपाल काटिसकेपछि चिटिक्क परेपछि कलाकार किरण केसी राता मकैले हेयर एण्ड शान्तिको सेवागज्जब रहेको प्रतिक्रिया दिनुभयो । ‘ग्राहकको अनुहार हेरेर कस्तो हेयर डिजाइन सुहाउछ सोहीअनुसार कपाल काटिदिनेगर्नु हुन्छ ।’

अनुहारको बनोटअनुसार कस्तो हेयर डिजाइन उपयुक्त हुन्छ, कपालको प्रकृतिअनुसार कस्तो ‘ब्युटी प्रडक्ट’ प्रयोग गर्नुपर्छ भनी ग्राहकलाई परामर्श समेत दिइने सञ्चालक श्रेष्ठले बताउनु भयो । हेयर एण्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, कस्मारा, अरोमा, एडो, प्रो टेक जस्ता ब्रान्डेड ब्युटी प्रोडक्ट प्रयोग गरिरहेको उहाको भनाइ छ ।