छायांकनमा चलचित्र ‘तिमी कस्को’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

पाल्म फिलिम्स प्रा.लि.को व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बन्दै गरेको नेपाली चलचित्र ‘तिमी कस्को’को छायांकन भइरहेको छ । गएको बुधबार देखी तेह्रथुममा भइरहेको छायांकनमा नायक प्रदिप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षीका श्रेष्ठ, रिहा श्रेष्ठ र प्रीतिका शर्मा लगायतका कलाकारले ‘सर्ट’ दिइरहनुभएको छ । चलचित्रको सुभमुहुर्त लालीगुराँस नगरपालिकाको उपप्रमुख तिला पोखरेलले गर्नुभएको थियो ।

तेह्रथुमको पर्यटन प्रवद्र्धन गर्ने प्रमुख उद्धेश्य सहित लालिगुरास नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारहरूलाई पनि प्रवद्र्धन गरिने चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार युवाहरूलाई स्वदेशमै केही गर्न सकिने प्रेरणा चलचित्रले बोकेको छ ।

देव महर्जनको द्वन्द निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरुमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बू लगायत रहनुभएको छ । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी लिम्बू, जोसेफ शङ्खर हुनुहुन्छ ।

चलचित्रमा आकाश अकुले संगीत भर्नुभएको छ । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिनु भएको छ । सुरेन लिम्बू र प्रकाश पाक्सावाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेख्नुभएको हो । चलचत्रिमा अर्जुन थापाको पटकथा र सम्बाद रहेको छ ।

चलचित्रको च्यारेटी–सोबाट सङ्कलित रकमको २५ प्रतिशत लालिगुरास नगरपालिका–९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताउनुभयो । २४ बर्षिय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत हुनुहुन्छ ।

चलचित्रको ८० प्रतिशत छायांकन सोल्मामै गरिने र बाँकी काठमाडौ लगायत अन्य क्षेत्रमा हुनेछ । चलचित्रको करिब १ महिनामा छायांकन कार्य सकाएर नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।