हल खुलेसँगै ‘चपली हाइट ३’ प्रदर्शन हुने

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

कोरोना कहरका कारण केहि समयदेखी बन्द नेपाली सिनेमा हल फागुन १ गतेदेखि खोल्ने सरकारको निर्णयसँगै नेपाली निर्माताहरु प्रदर्शन मिति तोक्न तमतयार भएका छन् ।

प्रशासनको निर्णयसँगै रिलिज भएर पनि प्रदर्शन रोकिएको चलचित्र ‘चपली हाइट ३’ फेरि सिनेमा हलमा प्रदर्शन हुने भएको छ । अब यो चलचित्र फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउनेछ । पटकपटक रिजिज मिति सार्दै आएका निर्माता अर्जुनकुमारले पुस ३० मै चलचित्र रिलिज गर्ने आँट गर्नुभएको थियो । तर रिलिज भएको तेस्रो दिनमा नै सरकारले फिल्महल बन्द गर्ने निर्णय ग¥यो । जसकारण चलचित्र रिलिज हुन नपाउँदा निकै घाटा लागेको उहाले सुनाउनु भएको छ।

फेरि पनि अर्जुनकुमार केही आशा बोकेर चलचित्र रिलिजको तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभएको छ, ‘म पटकपटक मारमा परेको छ । यसपटकको मौकालाई दर्शकले साथ दिनुहुनेछ भन्ने आशा छ ।’ फागुन १ गते कुनै पनि विदेशी तथा अन्य नेपाली चलचित्रहरु लाइनअपमा छैनन् । बरु फागुन १३ गते भने ‘लप्पन छप्पन २’ रिलिज हुने तय भएको छ ।

‘सस्पेन्स थ्रिलर’ कथामा निर्माण भएको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नुभएको हो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतको अभिनय रहेको छ ।