अब रिलिजको हानाथाप

गोपिकृष्ण चापागाईं/ माघ, काठमाडौं ।

नेपालका सिनेमा हलमा नेपाली चलचित्रका दर्शक नभेटिएको बर्षबढी भइसक्यो । कोरोना कहरका कारण हलहरु अधिकांश समय बन्द छन् । कोरोनाको लर्को बिचमा केहि समय ओरालो लोगेसँग हल खुलेका थिए तर त्यो समयमा नेपाली भन्दा बढी बिदेशी चलचित्रमा दर्शकको घुँईचो देखियो । नेपाली चलचित्र फाटफुट केहि रिलिज भएपछि ठुला ब्यानरका चलचित्र रिलिज गर्ने आँट निर्माताले गरेको देखिएन ।

अहिले फेरी आउँदो फागुन १ गतेबाट सिनेमा हल खोल्ने सरकारले निर्णय गरेको छ । यो सँगै नेपाली चलचित्रका निर्माताहरुमा उत्साह जागेको छ । निर्माण भएर ‘हार्डडिक्स’मा थुप्रिएर बसेका चलचित्र दर्जनौं छन् । अब कुन चलचित्र कुन समयमा प्रदर्शन गर्ने भन्ने बिषयमा चलचित्रकर्मिहरु बिच हानाथाप छ । राम्रो मिति सबैलाई चाहिएकै छ । यसैबिच भटाभट चलचित्रको रिलिज मिति घोषणा गर्न थालिएको छ ।

यस्तैमा निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रिको छेको पारेर फागुन १३ गते रिलिज गर्ने घोषणा गर्नुभएको छ ।  निर्देशक थापाले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र रिलिज मिति घोषणा गर्नुभएको हो । चलचित्रको प्रदर्शन मिति तोकिएको यो चौथो पटक हो । यस अगाडि २०७६ सालको फागुन २३, फागुन ३० र  गत माघ १९ प्रदर्शन मिति घोषणा गरेको थियो । पटक पटक सर्दै आएको यो चलचित्र अव भने नसर्ने निर्माण युनिटले जनाएको छ ।

निर्देशक थापाकै निर्माण समेत रहेको चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ ।

यसैबिच सोहि मितिमा अर्को नेपाली चलचित्र ‘लप्पन छप्पन २’ आउने घोषणा भइसकेको थियो । अब यी दुई चलचित्र भिड्ने देखिएको छ । यो मिति सबैभन्दा पहिला ‘लप्पन छप्पन २’ ले घोषणा गरेको थियो । चलचित्रको निर्माण टिमले संघमा निवेदन दिएर प्रदर्शन मिति पनि टिपायो । तर, यसै साता चलचित्र संघ र निर्माता संघको एक कार्यदलले फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ लाई पनि रिलिज अनुमति दिएपछि विवाद सुरु हुन थालेको छ । एकै मितिमा दुई नेपाली चलचित्र भिडाउने निर्णयको अहिले विरोध भइरहेको छ । चलचित्रकर्मिहरु दुई नेपाली चलचित्र एक मितिमा रिलिज हुँदा नेपाली चलचित्र क्षेत्रलाई नै घाटा हुने भन्दै सकेसम्म चलचित्र नजुधाउने आवाज उठाउदै पनि आएको पाइन्छ ।

यसबीच, ‘लप्पन छप्पन २’ को निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चरले बिहीवार एक विज्ञप्ति जारी गर्दै फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन गर्न दिने चलचित्र संघको निर्णयप्रति आपत्ति जनाएको छ । निर्माता निर्मल कुमार मिश्रद्वारा हस्तारक्षित विज्ञप्तिमा गत पुष १९ गते चलचित्र संघमा निवेदन दिएर चलचित्रको प्रदर्शन मिति दर्ता गरेको उल्लेख गरिएको छ ।

हल खुलेसँगै अर्को चलचित्र ‘चपली हाइट ३’ फेरी रिलिज हुँदै छ । माघ ३ गतेबाट हल बन्द गरेपछि चलचित्र तीन दिन मात्र प्रदर्शन हुन पाएको थियो । जसले निमातालाई ठूलो मार पनि परेको छ । प्रदर्शनको तीन दिनमा फिल्मले दर्शकको अपेक्षाकृत साथ पाउन सकेको थिएन । तर, समीक्षकले फिल्म रुचाएका कारण माउथ पब्लिसिटीले हलमा दर्शकको चाप बढ्ने आश निर्माण टिमलाई थियो ।

अर्को नेपाली चलचित्र ‘चिसो मान्छे’ को भने रिलिज मिति परिवर्तन भएको छ । आगामी ३० वैशाखमा रिलिज हुने तरखरमा रहेको चलचित्रको रिलिज मिति स्थानीय तहको निर्वाचनका कारण सरेर ३ असारमा पुगेको छ । निर्देशक दीपेन्द्र के खनालले चलचित्रको फष्ट लुक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति परिवर्तन भएको जानकारी दिनुभयो । उहाल चलचित्रको रिलिज मिति ३० बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको कारण फिल्म सारिएको बताउनु भएको छ ।

निर्माण युनिटले चलचित्रको प्रदर्शन मिति परिवर्तनसँगै फष्ट लुक्स पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेत्री स्वस्तिमा खड्काको अहिलेसम्मकै भिन्न लुक देख्न सकिन्छ ।