ओस्कारको मनोनयनमा ‘द पावर अफ डग’ १२ विधामा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड ओस्कारको ९४ औं संस्करणका लागी बिभिन्न २७ विधामा मनोनयन सार्वजनिक गरिएको छ ।  ‘ओस्कार अवार्ड–२०२२’मा जेन च्याम्पियन निर्देशित चलचित्र ‘द पावर अफ द डग’ सर्वाधिक १२ विधामा मनोनयनमा परेको छ । ओस्करमा यो वर्ष उत्कृष्ट चलचित्रहरुको सूचीमा विभिन्न देशका १० चलचित्र छनोट भएका छन् ।

उत्कृष्ट १० चलचित्रको मनोनयनमा बेलफास्ट, कोडा, डन्ट लुक अप, ड्राइभ माइ कार, ड्युन, किङ रिचार्ड, लिकोराइस पिज्जा, नाइटमेयर एलेइ, द पावर अफ द डग र वेस्ट साइड स्टोरी रहेका छन् । यस्तै अन्तर्राष्ट्रिय फिचर फिल्म विधातर्फ ड्राइभ माइ कार, फ्ली, द ह्याण्ड अफ गड, भुटानी लुनानाः अ याक इन द क्लासरुम र द वर्स्ट पर्सन इन द वल्र्ड छन् । भुटानका तर्फबाट यो पहिलो मनोनयन समेत हो ।

यस वर्षको ओस्कारमा उत्कृष्ट अभिनेतातर्फ चलचित्र ‘विइङ द रिकार्डोस’बाट जेभियर बारडेम, ‘द पावर अफ डग’बाट बनेडिक्ट कम्बरबच, ‘टिक टिक बूम’बाट एन्ड्रिउ गारफिल्ड, ‘किङ रिचार्ड’बाट विल स्मिथ र ‘द ट्रेजेडी अफ म्याकबेथ’बाट डेन्जेल वासिङ्टन मनोनयनमा परेका छन् ।

यस्तै उत्कृष्ट अभिनेत्रीतर्फको मनोनयनमा ‘द आई अफ टम्मी फेई’बाट जेसिका क्यासटेन, ‘द लस्ट डटर’बाट ओलिभिया कोलम्यान, ‘पारालल मदर्स’बाट पेनेलोप क्रुज, ‘बिइङ द रिकार्डोस’बाट निकोल किडम्यान र ‘स्पेन्सर’बाट क्रिस्टेन स्टेवार्ट रहेका छन् ।

उत्कृष्ट निर्देशकका मनोनयनमा ‘बेलफस्ट’बाट केनेथ ब्रानाघ, ‘ड्राइभ माइ कार’बाट ¥युसुक हमागुची, ‘लिकोरोइस पिज्जा’बाट पउल थोमस एन्डर्सन, ‘द पावर अफ डग’बाट जेन क्याम्पियन र ‘वेस्ट साइड स्टोरी’बाट स्टेभन स्पाइलबर्ग परेका छन् ।