मलाई मेगास्टार भन्नुपर्छ भन्ने छैनः अनमोल

गोपिकृष्ण चापागाईं/ माघ, काठमाडौं ।

कोरोनाको कहरका कारण नेपालमा पनि बिगत दुईबर्ष देखी राम्रोसँग नेपाली चलचित्र सिनेमा हलमा लाग्न सकेका छैनन् । यसैबिच नेपाली चलचित्र क्षेत्रका युवास्टार अनमोल केसीपनि कोरोना कहर साम्य हुने समयको पर्खाईमा हुनुहुन्छ । अनमोल अभिनित ‘ए मेरो हजुर ४’ निर्माण भएर बसेको छ । अब सहज समय मिलाएर यो चलचित्र प्रदर्शन हुने तयारीमा छ । यद्धपी यो चलचित्र आउँदो नयाँबर्षको पहिलो दिनबाट प्रदर्शन हुने भनिएको छ । सरकारले फेरी सिनेमा हल बन्द गर्ने निर्णय नगरेमा उक्त मितिमा प्रदर्शन गरिने तयारी गरिएको छ ।

नायक अनमोल केसीलाई पछिल्लो समय चलचित्र नगरीमा कुन उपाधि दिने भन्ने बिषयमै बहस चलिरहेको छ । चलचित्रकर्मिहरु बिच नै अनमोललाई सुपरस्टार, युवास्टार अथवा मेगास्टार यी मध्ये सम्मानको कुन उपाधि दिने भन्ने बिषयमा टिकाटिप्पणी चलिरहन्छ । नेपालमा कुनैपनि कलाकारलाई सरकारी तबरबाट उपाधि दिने गरिएको छैन । चलचित्र क्षेत्रका पुराना अभिनेता राजेश हमाललाई पनि ‘महानायक’को ट्याग एक प्राइभेट संस्थाले दिएपछि आम दर्शकले त्यो उपाधिलाई समर्थन जनाएका छन् । लामो समयदेखी दर्शकबाटै पनि हमाललाई महानायक भन्न थालिएको छ ।

‘‘एकपटक दिइसकेको उपाधि बारबार दिइरहनुपर्छ जस्तो लाग्दैन । हामीले मेगास्टार भनिसकेकाछौं । त्यसैले अनमोल मेगास्टार नै हो,हो, होनै ।’’— झरना थापा

यस्तै अनमोल केसीलाई पनि केहिसमय अघि एक कार्यक्रममा सञ्चारकर्मि नरेश भट्टराईले मेगास्टार अनमोल केसी भनेर सम्बोधन गर्नुभयो । त्यसयता कतिपय चलचित्रकर्मिले अनमोललाई मेगास्टारको रुपमा समर्थन जनाउँदै आउनुपनि भएको छ । चलचित्र ‘ए मेरो हजुर ३’मा निर्देशक झरना थापाले मेगास्टार भनेरै लेख्नुभएको थियो ।

यसैबिच अहिले प्रदर्शन हुने तयारीमा रहेको अनमोलको ‘ए मेरो हजुर ४’मा मेगास्टार भनेर लेखिएको छैन । यसैबिषयलाई लिएर उक्त चलचित्रको गीत रिलिज कार्यक्रममा सञ्चारकर्मिले प्रश्न गर्छन् । ‘ए मेरो हजुर ३’मा दिएको उपाधि अहिले दिनुभएनछ नि ‘ए मेरो हजुर ४’मा मेगास्टार किन राख्नुभएन?’ निर्देशक झरना थापा भन्नुहुन्छ, ‘एकपटक दिइसकेको उपाधि बारबार दिइरहनुपर्छ जस्तो लाग्दैन । हामीले मेगास्टार भनिसकेकाछौं । त्यसैले अनमोल मेगास्टार नै हो,हो, होनै । राजेश हमाललाई पनि एकपटक महानायक भनिएको थियो । उहाँलाई बारबार महानायक भनेर सबै चलचित्रमा लेखिएको त छैननी हैन र ।’

निर्देशक झरनाले ए मेरो हजुर टिमले एकपटक दिइसकेको सम्मान सधैंका लागी रहने बताउनुभयो । यस्तै नायक अनमोलले आफूलाई मन पराउनेहरुले दिएको सम्मानले खुसी रहेको बताउनुभयो । ‘मैले पहिले देखीनै भनेको छु मलाई मन पराउने अडियन्सले माया गरेर मेगास्टार भनिदिनुभए हुन्छ । मलाई कतै नाम लेखेरै सम्मान गर्नुपर्छ भन्ने लाग्दैन ।’ अनमोलले भन्नुभयो । ‘नत्र मलाई अभिनय गर्ने अभिनेता भनेर चिनिदिएको मै खुसी छ ।’

शिर्ष गीत रिलिज

‘ए मेरो हजुर ४’मा समावेश ‘फुलको थुङ्गा हौकि’बोलको गीतमा अनमोल र नायिका सुहाना थापाको अभिनय रहेको छ । स्वर्गीय शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौकी’ लाई मिश्रण गरेर अहिलेको गीतमा राखिएको छ । उक्त गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीकोस्वर रहेको छ । रवि मल्लको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भर्नुभएको छ ।

गीतको भिडियो नेपालको पर्यटकीय गन्तव्य शे–फोक्सुन्डोमा खिचिएको छ । सञ्जय लामाको छायांकन प्रशंसायोग्य छ । शे–फोक्सुन्डोमा छायांकन भएको ‘ए मेरो हजुर ४’ पहिलो चलचित्र हो । शुक्रवार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा झरना थापाले आफूले ‘ए मेरो हजुर’ को सिक्वेलमा साधारण लभस्टोरीलाई साधारण तरिकाले पस्किने गरेको बताउनुभयो । उहाले अब चलचित्र ‘भागवत गीता’ बनाएपछि मात्र ‘ए मेरो हजुर ५’ निर्माण गर्ने पनि जानकारी दिनुभयो ।

मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेख्नुभएको हो । पटकथा र संवादमा उहाहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाउनु भएको छ ।  बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्नुभएको हो ।

२० बर्षपछिको फुलको थुङ्गा

स्वर्गीय शिव रेग्मीले २० बर्ष अघि निर्देशन गरेको सुपरहिट चलचित्र हो  ‘ए मेरो हजुर’ । जुन चलचित्रमा स्व. श्रीकृष्ण श्रेष्ठ र झरना थापाको मुख्य अभिनय रहेको थियो । उक्त चलचित्रको नाम लाई नै लिएर झरनाले आफैले चलचित्र निर्देशन गर्दै आउनुभएको छ । उक्त चलचित्रमा पनि झरनाका श्रीमान निर्माता सुनिल कमाुर थापाकै लगानी थियो ।

उक्त चलचित्रमा समावेश ‘फुलको थुङ्गा’बोलको गीत निकै सुपरहिट भएको थियो । अहिले पनि उक्त गीत आम दर्शक तथा स्रोताले गुनगुनाउने गरेको पाइन्छ । त्यसै गीतको हुकलाइन ‘फुलको थुङ्गा’ लिएर गीत सार्वजनिक गरिएको हो । आफैमा सुपरहिट गीतको हुकलाइनमा बनेको गीतमा आफूले अभिनय गर्न पाउँदा खुसी लागेको नायक अनमोलले बताउनुभयो । उहाँले त्यो समयमा आफू सानो रहेको र होस्टेलमा समय बिताएको सम्झिनुभएको थियो । साथै अहिले उक्त गीत गाउनु भएका गायक सुगम पोखरेलले गीत सपुरहिट हुनेमा ढुक्क रहेको बताउनुभएको छ । सुगमले भन्नुभयो, ‘मैले रेकर्ड गर्ने समयमै भनेको थिएँ, सतप्रतिशत यो गीत सुपरहिट हुन्छ ।’