पहिलो टेम्पो चालिका लक्ष्मीको नयाँ गीत

आर्टिष्ट खबर, फागुन, काठमाडौ ।

एशियाकै पहिलो महिला टेम्पो चालिका लक्ष्मी शर्माले आफ्नो सन्तान प्रेमलाई जोडेर सांगितिक सृजना दर्शक श्रोतामाझ ल्याएकी छिन् । परिस्थितिवस विदेशिन बाध्य छोरीको सम्झनामा तयार पारिएको गीत शुक्रबार इन्टरनेट रिलिज गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा लक्ष्मीसँगै अभिनेत्री पवित्रा आचार्य फिचर्ड छन् । फिल्म अभिनय, मोडलिङसँगै कोरियोग्राफर समेत रहेकी पवित्राले लक्ष्मीको छोरीको भुमिका निभाएकी छिन् भने दयाराम सापकोटाले छोराको भुमिका निभाएका छन् ।

‘विदेशिनु रहर नभएर कयौं नेपालीको बाध्यता बनिरहेको’ सन्देश बोकेको गीतमा शब्द संगीत राम सिटौलाको छ । एरेञ्जको काम राजु कार्कीले गरेका छन् । गीतको भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका छन् । संकल्प भुजेलले छायांकन गरेको भिडियोमा सम्पादनको काम मिलन श्रेष्ठले गरेका छन् । सिने इक्विपमेन्ट हाउसको तर्फबाट भिडियो निर्माण गरिएको हो ।