मास्टर्नीको प्रस्तुतीमा ‘वैंशको गोली’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)को प्रस्तुतीमा नयाँ गीत  ‘वैंशको गोली’ सार्वजनिक गरिएको छ । अनिताको लगानी सँगै अभिनयमा रहेको उक्त गीतमा हरी गिरी विमर्शीको शब्द तथा संगीतसँगै स्वर रहेको छ भने उनलाई स्वरमा टिका प्रसाईले साथ दिएकी छिन् । गीतमा  कृष्ण केसीको एरेञ्ज रहेको छ ।

गीतको भिडियोमा हास्य सिरियल हल्का रमाइलोका कलाकारलाई देख्न सकिन्छ । अनिता आफैपनि हल्का रमाइलोको मुख्य पात्र हुन् । भिडियोमा अनितासँगै राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छि धुर्बे), सबिना आचार्यय लगायतको अभिनय रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन रहेको छ । भिडियो सम्पादनको काम नविन निरौलाले गरेका हुन् । भिडियो अनिता बस्नेत युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।