कलाकार जयनन्द लामाको गाडीबाट झर्ने क्रममा मृत्यु

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, फागुन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">कलाकार जयनन्द लामाको निधन भएको छ । थुप्रै नेपाली लोक गीतमा स्वर तथा चलचित्र, टेलिचलचित्रमा अभिनय गर्नुभएका जयनन्दको आज राती २ बजे निधन भएको बताइएको छ । जयनन्द अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक राजु पौडेल (राजु मास्टर)का अनुसार मंगलबार राति बौद्धबाट घर फर्किने क्रममा गाडीबाट झर्ने बेला लडेर मृत्यु भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि खुलेको हो । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनु भएका लामाका चुई चुई चुईकिने जुत्ता, कलकते काइयो केश मेरो बांगो, मुलाको चाना, सलल पानी लगायतका थुप्रै गीत हिट छन् । पछिल्लो समय हल्का रमाइलो टेलिचलचित्रमा अभिनय गर्दै आउनुभएको थियो ।&nbsp;&nbsp;</p><p style="text-align: justify; "><br></p>